यूएइको एयरलाइन्समा ‘हरी’ प्रदर्शन हुने



अब यूएइको एक एयरलाइन्सले नेपाली चलचित्र खरिद गर्न थालेको छ । नेपालफ्लिक्सले युएइको एक लिडिङ एयरलाइन्सँग नेपाली चलचित्र प्रदर्शन गर्नेगरि सहमती गरेको छ । यसको सुरुवात नेपाली चलचित्र ‘हरी’ बाट गरिदैछ ।

एयरलाइन्सकै आग्रहमा एयरलाइन्सको नाम भने खुलाइएको छैन । काठमाण्डौ र विश्वका विभिन्न देशबाट यो एयरलाइन्सबाट उडान भर्दा दर्शकले ‘हरी’ चलचित्र हेर्न पाउने भएका छन् ।

सन् २०१९ को मे महिनाबाट ‘हरी’ चलचित्र उपलब्ध हुनेछ । नेपालफ्लिक्स’ एक अनलाइन स्ट्रिमिङ प्लेटफर्म हो जसले इन्टरनेटसँग जोडिएका दर्शकलाई सजिलैसँग र सस्तो रुपमा गुणस्तरको स्थानिय सामाग्री उपलब्ध गराउँदै आएको छ । यसरी अन्तर्राष्ट्रिय उडानमा नेपाली चलचित्र देखाउने क्रम बढ्दै गएको खण्डमा नेपाली चलचित्रका निर्माताले आम्दानीको नयाँ श्रोत पनि पाउनेछन् ।

साथै, नेपाली चलचित्रको प्रचार विश्वाव्यापी रुपमा पनि बढ्नेछ । अन्य चलचित्रका मेकरसँग पनि यो बिषयमा कुराकानी भैरहेको नेपालफ्क्लिसका कन्ट्री म्यानेजर सार्थक जीसीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu