पल, वर्षा र नाजिर स्टारर ‘बीर विक्रम २’ ट्रेलर रिलिज (भिडियो)



जेठ ३ गतेबाट देशभर प्रदर्शनका लागि तयार रहेको यस वर्षको प्रतिक्षीत चलचित्र मध्येको एक ‘बीर विक्रम २’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा प्रेम, रोमान्स, द्वन्द्व, मित्रता, कमेडी, बदला सबै समेटिएको छ । पूर्णरुपमा कमर्शियल भ्यालु देखिएको ट्रेलरमा अभिनेता द्वय पल शाह र नाजिर हुसेनको मित्रतालाई निकै रोमाञ्चक र मन छुने ढंगबाट देखाइएको छ ।

चलचित्रको केन्द्रिय द्वन्द्व अभिनेत्री वर्षा सिवाकोटीलाई लिएर रहेको ट्रेलर बोल्छ । उनले चलचित्रमा बादलको भूमिका निभाएकी छन् । ट्रेलरबाट उनी चलचित्रमा नेगेटिभ रोलमा रहेको अनुमान लगाउन सकिन्छ । स्क्रिन स्पेश पर्याप्य पाए पनि उनले बोलेका संवाद खासै समेटिएको छैन् । यसमा कलाकार बुद्धि तामाङ भिलेनको रुपमा प्रस्तुत भएका छन् । ट्रेलरमा उनले बोलका संवाद रमाइला छन् ।

मिलन चाम्स निर्देशित यस चलचित्रको यसअघि सार्वजनिक दुई गीत ‘पिरतीको मिठो तिर्सना’ को रिमेक भर्सन र ‘वाचा’ ले राम्रो हाइप निर्माण गरिसकेका छन् । यो फिल्म करीब ३ वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘बीर विक्रम’ को सिक्वेल हो । तर, निर्देशक तथा निर्माता चाम्स फरक कथावस्तुमा निर्माण भएका कारण सिक्वेल नभएको बताउँछन् ।

‘बीर विक्रम २’ का छायाँकार सुदीप बराल हुन् । उनले निर्देशक चाम्सका हरेक फिल्म खिच्दै आइरहेका छन् । अर्पण सापकोटा निर्माता रहेको चलचित्रमा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय छ । हिमाल केसीको द्वन्द्व रहेको चलचित्रको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । पल, वर्षा र नाजिर यो चलचित्रलाई लिएर निकै आशावादी छन् ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu