किरण केसीले आफ्नै लगानीमा बनाए ‘राता मकै गेट’



‘राता मकै’ उपनामबाट चिनिएका अभिनेता किरण केसीले ‘राता मकै’ को नाममा प्रवेशद्वार नै निर्माण गरेका छन् । कलाकारितासँगै विभिन्न सामाजिक सेवामा सक्रिय रहँदै आएका किरणले निर्माण गरेको ‘रात मकै गेट’ लाई आइतवार विहान ललितपुर स्थित लक्ष्मीनगरपालिका मेयर रामेश्वर श्रेष्ठ र मह जोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन् ।

उद्घाटन गर्दै ललितपुरको इमाडोलमा रहेको रातामकै चोक स्थित ‘राता मकै गेट’ लाई मेयर श्रेष्ठले उदाहरनिय काम गरेको बताए । ’आफ्नो ठाउलाई आफैले बनाउनु पर्छ,’ उनले भने- ’किरणजीको विकास निर्माणको पाटोको सिको अन्य कलाकारले पनि गरे झनै राम्रो ।’ यसैगरी उद्घाटनमा पुगेका मदनकृष्ण श्रेष्ठ पनि किरणको कामको प्रसंसा गरे ।

’किरण निकै फुर्तिलो छ,’ उनले भने- ’हरेक काम समयमा सकाउँछ , उसको एक्टिभनेस देख्दा म आश्चर्यचकित हुने गरेको छु ।’ यसैगरी हरिवंश आचार्यले पनि किरणले स्थानीय तहमा गरेको समाज सेवा उदाहरनिय रहेको बताए । ’उसले यहाँ स्कुलको भवन बनाएको छ, प्रहरी भवन बनाएको छ,’ उनले भने- ’ किरणको यस्तै कामले उसलाई देश विदेशमा मात्र होइन स्थानीय तहमा पनि लोकप्रिय बनाएको छ ।’

किरणले त्यहाँ मन्दिर, सडक, क्रिया भवन, आम बुवाको नाममा महेन्द्र आदर्स स्कुलको दुई भवन र इमाडोल प्रहरी भवन निर्माण गरिसकेका छन् । उनले प्रहरी भवन आफ्नै अध्यक्षतामा निर्माण गरेर हस्तान्तरण गरेका थिए । झन्डै १२ वर्ष अगाडी नामांकन भएको राता मकै चोक र त्यहाँको राता मकै मार्गले आफुलाई यो गेट बनाउन प्रेरित गरेको किरणले बताए ।

’यहाँ मैले विभिन्न स्थानमा आफुले सक्दो विकास निर्माणमा हातेमालो गरिरहेको छु त्यसैले पनि यहाँ गेट आवश्यक देखेकोले निर्माण गरेको हुँ,’ उनले भने- ’यहाँ राज्यले नै राता मकै मार्ग नामांकन गरिसकेपछि मेरो यो दायित्व पनि हो ।’

उनले झन्डै ६ लाखको लागतमा बुवा दुर्गा बहादुर केसी र आम इन्द्र कुमारी केसीको सम्झनामा गेट निर्माण गरेको बताए । ’म भित्र समाजसेवी भाव मेरो हजुरमुवाबाट आएको हो त्यसैले सकेको गर्न कहिले पछि हट्दिन’ किरणले आउँदा दिनमा पनि आफु समाजसेवामा सक्रिय रहने बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu