जेठ १७ गतेबाट प्रदर्शनमा आउन लागेको भिलेन टर्न हिरो अनुप विक्रम शाही अभिनीत चलचित्र ‘कप्स’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । साम्राट सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रको ट्रेलर एक्सन प्याक्ड छ । एक कर्तव्यनिष्ठ प्रहरीको कथामा चलचित्र आधारित रहेको ट्रेलरले प्रस्ट्याएको छ ।

अनुपले यस चलचित्रमा एक सच्चा प्रहरी अफिसरको भूमिका निभाएका छन् । उनी डीएसपी अमन सिंहको भूमिकामा छन् । ‘कप्स’ बाट सन्दिपा लिम्बुले नेपाली रजतपटमा पाइला राख्दैछिन् । चलचित्रले पोलिटिक्स, प्रहरी र जनताको कथा बोल्ने निर्देशक सापकोटा बताउँछन् ।
अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय छ । ‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’ को निर्माणमा बनेको चलचित्रमा सुशान्त प्रजापतिको छायांकन र अष्ट महर्जनको द्वन्द्व छ ।
एक्सन र लभस्टोरी जनरामा बनेको चलचित्रमा कविराज गहतराज र शिशिर खातीको नृत्य र विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत छ । विपिन मल्लले फिल्मको सम्पादन गरेका छन् । सञ्जय श्रेष्ठको ब्याग्राउण्ड स्कोर छ । चलचित्रलाई वि.के. फिल्मस् र जय श्री पाथीभराले वितरणको जिम्मा लिएका छन् ।
ट्रेलर हेर्नुहोस् :-




