श्वेता लेख्छिन्, ‘दोस्रो जीवन पाएँ’



अभिनेत्री श्वेता खड्काको गर्धनको शल्यक्रिया भएको छ । घाँटीमा ठूलो ट्युमर देखिएपछि उनको शल्यक्रिया भारतमा भएको हो । श्वेताले आफ्नो फेसबुकमा अस्पतालका फोटोहरु राख्दै आफैले यसबारे जानकारी दिएकी हुन् । आफूसँग जिन्दगीले दोस्रो पटक खेल खेलेको बताउँदै शल्याक्रियापछि आफूले दोस्रो जीवन पाएको उनले स्टाटसमा लेखेकी छन् ।


‘चलचित्र ‘हेल्लो जिन्दगी’ को सुटिङका लागि लन्डन गएको केही दिनपछि मेरो घाँटी र चिउँडो नजिकै निकै पीडा हुन थाल्यो । डाक्टरसँग परामर्श गर्दा गर्धनमा ट्युमर देखियो । तत्कालका लागि ठूलो समस्या नरहे पनि भविष्यमा यसले गम्भीर अवस्था ल्याउन सक्ने सम्भावना देखिएपछि हाल दिल्ली आएर उपचार गराइरहेकी छु’, उनले स्टाटसमा लेखेकी छन् ।

दिल्लीस्थित बिएलके अस्पतालमा सुरेन्द्र कुमार दवासले अभिनेत्री श्वेताको सफल शल्याक्रिया गरेका हुन् । उनी केही दिनमा नेपाल फर्किने बताइएको छ । उनले आफ्नो स्वास्थ्यका कारण चलचित्र ‘हेल्लो जिन्दगी’ गर्न नसकेको पनि स्टाटसमार्फत् जानकारी गराएकी छन् । केही दिन अगाडि मात्र उनी यो चलचित्रका लागि लन्डन उडेकी थिइन् ।

अभिनेत्री श्वेता अगाडि लेख्छिन्, ‘जीवन अनिश्चित हुन्छ भन्ने भनाई वास्तवमा सत्य रहेछ । कहिले के हुन्छ थाहै हुँदो रहेनछ । सपनाहरु आफ्नैअघि भताभुंग हुँदा रहेछन् । म नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’ मा काम गर्न नसक्ने जानकारी गराउनु पर्दा निकै दुःखी छु । स्वास्थ्यका कारण चलचित्रमा काम गर्न सकिनँ । यद्यपि, मैले एकपटक फेरि भयानक स्थितिलाई जितेको छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu