काठमाण्डौ। चलचित्र ‘कुम्भ करण’को ट्रेलर रिलीज भएको छ । ट्रेलरमा रोमान्टिक, सस्पेन्स र कमेडी बिषयलाई देखाईएको छ । यो चलचित्र जेठ १७ गते रिलीज हुँदैछ ।
चलचित्रमा नायिका निशा अधिकारी शिक्षिकाको भूमिकामा छिन् भने गौरव पहारी शिक्षक, भोलाराज सापकोटा प्रधानाध्यापक, अभय बराल पिउनको भूमिकामा छन् । साथमा आकाश पल, कुलदिप अधिकारी, सद्भाव थापा लगायतको मुख्य भूमिका छ ।

आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई दिपक वलीले निर्देशन गरेका छन् । चलचित्रमा रोम वली कार्यकारी निर्माता, क्षितिज बस्नेत र खड्क वुढाथोकी निर्माता हुन् । चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संवाद, हरी लामाको छायांकन, विनोद ढकाल, गोविन्द मधुर आचार्य र जयन जेको संगीत, सुरेन बसेलको नृत्य निर्देशन रहनेछ ।
ट्रेलर:




