‘जात्रै जात्रा’ ले पायो मल्टीप्लेक्समा उच्च शो



यही शुक्रवार देशभर प्रदर्शनमा आउन लागेको प्रदीप भट्टराई द्वारा निर्देशित चलचित्र ‘जात्रै जात्रा’ को देशभरका मल्टिप्लेक्समा बुधबारदेखि बुकिङ खुल्ला गरिएको छ ।

चलचित्रले सबैजसो मल्टिप्लेक्समा राम्रो शो पाएको छ । काठमाण्डौको जय नेपालमा ४, सिभिलमा ४, कुमारीमा ४ र छाया सेन्टरमा यो चलचित्रले ३ शोज पाएको छ । यस्तै, ललितपुरमा रहेको लबिम मलमा चलचित्रले ४ शो पाएको छ ।

क्यूएफएक्स चेनको ५ पर्दामा मात्र चलचित्रलाई १९ शोज दिइएको छ । यस्तै, चितवनको जलमा हलमा ३ शो, पोखराको सिनेप्लेक्समा चलचित्रले ४ शो पाएको छ ।

यस्तै, काठमाण्डौको बीग मुभिजले यो चलचित्रलाई ४ शो दिएको छ । चलचित्रले ओपनिङ सुखद गर्ने अपेक्षा गरिएको छ । चलचित्रका निर्देशक प्रदिप भट्टराई दर्शकको ‘वर्ड अफ माउथ’ चलचित्रका लागि सुखद हुनेमा विश्वस्त छन् ।

विपिन कार्की, बर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बाँनिया, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रले पैसा र सुनको कथालाई रोचक तरिकाले उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu