वर्षालाई लाग्यो ‘बीर विक्रम २’ मा वर्षा सिवाकोटीको काम उत्कृष्ट (भिडियोसहित)



चलचित्र ‘नाइँ नभन्नु ल’ को सिरिजमार्फत् डेब्यु गरेका वर्षा राउत र वर्षा शिवाकोटीबीच आपसी सम्बन्ध राम्रो नरहेको चर्चा लामो समयदेखि चल्दै आएको छ । बेला-बखतमा दुईले सामाजिक सञ्जाल र मिडियामार्फत् एकअर्कालाई तीखो प्रहार गरिरहेका हुन्छन् । कहिले भने गजबकै दोस्तीयारी देखाउँछन् ।

गएको शुक्रवारबाट दुई अभिनेत्री अभिनीत चलचित्र ‘जात्रै जात्रा’ र ‘बीर विक्रम २’ प्रदर्शनमा आएको छ । ‘जात्रै जात्रा’ मा वर्षा राउतको अभिनय छ भने ‘बीर विक्रम २’ की वर्षा सिवाकोटी सोलो हिरोइन हुन् । दुई चलचित्रको भिडन्तले दुई वर्षाको स्टारडम मापन हुने र भविष्य निर्धारण गर्ने चलचित्रकर्मी बताउँछन् । यस भिडन्तमा कसको जित होला ? अहिले नै भन्न सकिने अवस्था छैन ।

यसबीच, अभिनेत्री राउतले दुश्मनी भुल्दै हलमा पुगेर अभिनेत्री सिवाकोटी स्टारर चलचित्र ‘बीर विक्रम २’ हेरेकी छन् । आइतवार दिउँसो उनले कुमारी हल पुगेर फिल्म हेरिन् । वर्षाले ‘बीर विक्रम २’ मा कमी-कमजोरी देखिनन् । उनले चलचित्र हेरेर आफू इमोसनल भएको र अभिनेत्री सिवाकोटीको काम निकै राम्रो रहेको बताइन् ।

उनले भनिन्, ‘बीर र विक्रमको मित्रता देखेर म निकै इमोसनल भएको थिएँ । चलचित्र एकदमै राम्रो लाग्यो । वर्षाको काम उत्कृष्ट छ । पल र नाजिरको काम पनि राम्रो लाग्यो ।] दुई वर्षालाई एकसाथ पर्दामा हेर्ने दिन आउला ? भन्ने पत्रकारको प्रश्नमा राउतले ठट्यौली शैलीमा भनिन्, ‘‘बीर विक्रम’ जस्तै मित्रताको कथामा मिलन (चाम्स) दाईले ‘वर्षा वर्षा’ बनाउनु भयो भने पक्कै गरिन्छ ।’’ उनको कुरामा सिवाकोटीले पनि सहमती जनाइन् ।

निर्देशक मिलनले पनि दुई वर्षालाई लिएर चलचित्र बनाउने सम्भावना बढ्दै गएको बताए । दुई वर्षाले आफूहरुबीच राम्रो सम्बन्ध रहेको बताउँदै कहिल्यै एकअर्काको बारेमा नराम्रो नसोचेको र नसोच्ने पनि बताए । ‘नाम एउटै भएका कारण हामीलाई प्रतिस्पर्धी ठान्नु स्वभाविक हो । तर, हामीमा कहिल्यै दुश्मनी नै थिएन । हामी एकदमै मिल्ने साथी हौ’ अभिनेत्री सिवाकोटीले स्पष्ट पारिन् । उनले चाँडै आफू पनि ‘जात्रै जात्रा’ हेर्न जाने बताइन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu