हङकङमा आर्यनको ‘च च हुई’



‘लेटर’, ‘त्यान्द्रो’, ‘साढे सात’ लगायतका चलचित्र निर्देशन गरिसकेका साम्तेन भुटियालाई प्रायः एकै प्रकारको चलचित्र बनाउँदै आएको आरोप लाग्दै आएको थियो । फरक धारका चलचित्र बनाउने निर्देशकको रुपमा आफूलाई चिनाएको उनी चलचित्र ‘च च हुई’ बाट पूर्ण कमर्शियल फिल्म निर्माणतर्फ होमिएका छन् । यो चलचित्रको अहिले हङकङमा छायांकन भइरहेको छ ।

नेपाल छायांकन पूरा गरेर निर्माण टिम एक साताको सेड्युल लिएर गत शुक्रबार हङकङ उडेको हो । नर्थ पोइन्ट, जोर्डन, गार्डेन हिललगायतका रमणीय स्थानमा चलचित्रको छायांकन भइरहेको निर्देशक भुटियाले जानकारी दिए । ‘च च हुई’ को लागि अभिनेता आर्यन सिग्देल, माओत्से गुरुङ र भोलाराज सापकोटासँगै छायाँकार सुशन प्रजापति, निर्देशक भुटिया, निर्माता अमृत घोले लामालगायत हङकङमा छन् । त्यहाँ आर्यन र भोलाको विभिन्न दृश्यको छायांकन भइरहेको छ ।

यसमा पुस्कर गुरुङ, मिरुना मगर, बबिता मल्ललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । नेपाल आएर चलचित्रको गीतको छायांकन गर्ने निर्माता अमृतले बताए । एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्मित यो कमेडी जनरको चलचित्र हो । भने, ‘च च हुई’ लाई सिजन दाहाल र संदेश अर्यालले लेखेका हुन् ।

‘यसपटक कमर्सियल चलचित्रको जमर्को गरेको छु,’ साम्तेन भन्छन्, ‘चलचित्रमार्फत् दर्शकलाई भरपुर मनोरञ्जन दिलाउने प्रयास रहनेछ ।’ स्टोरीको डिमाण्डकै कारण हङकङमा छायांकनका लागि पुगेको उनको भनाई छ । उनका अनुसार, चलचित्रको कथा नै हङकङबाट सुरु हुन्छ । चलचित्रमा पछिल्लो समयका चर्चित संगीतकार राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu