‘मन्द मन्द’ मा कसिस र नविनको प्रवेश



छायांकनरत चलचित्र ‘मन्द मन्द’ को प्रमुख भूमिकामा कसिस दाहाल र नविन रेग्मी अनुबन्ध भएका छन् । फ्लोरमा जानुअघि चलचित्रमा बिनय श्रेष्ठ, प्रमोद अग्रहरि र रबिन्द्र झा अनुबन्धित भए पनि बाँकी दुई कलाकार कसलाई लिने भन्नेमा निर्मातारनिर्देशक अन्योलमा थिए । अन्ततः कसिस र नविन भित्रिएका छन् ।

राजबहादुर सानेको लेखन र निर्देशनमा निर्माण भइरहेको चलचित्र बैशाख तेश्रो सातादेखि छायांकन सुरु भएको हो । सस्पेन्स सोसल ड्रामा ‘मन्द मन्द’ को हाल जुम्लाका छायांकन भइरहेको निर्देशक सानेले जानकारी दिएका छन् । रुद्राक्ष फिल्मस्को ब्यानरमा रुद्र खनाल कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा टेकराज रेग्मी र कमल गिरी छन् । दिव्यराज सुबेदीले चलचित्रखिचिरहेका छन् ।

काठमाडौबाट सुरु भएको ‘मन्द मन्द’ को सुटिङ नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत, कालिकोट हुँदै जुम्ला र मुगुसम्म पुग्दै छ । चलचित्रका गीतको कोरियोग्राफी रामजी लामीछानेले गरिरहेका छन् । नव-नायिका कसिस र नायक नविनले ‘मन्द मन्द’ मा आफुहरुले निकै मिहिनेतका साथ अभिनय गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu