साउन १७ मा ‘न यता न उता’ आउने, यस्तो बन्यो शिर्ष गीत (भिडियो)



चलचित्र ‘न यता न उता’ ले माघ २५ को रिलिजलाई टार्गेट गरेर निर्माण टिमले गीतसंगीत, ट्रेलर, पोष्टर समेत सार्वजनिक गरिसकेको थियो । तर, अन्तिममा आएर प्राविधिक कारण देखाउँदै रिलिज पोस्टपोण्ड गरेको चलचित्रको निर्माण टिमले शुक्रबार ‘न यता न उता’को नयाँ रिलिज मिति पक्का गरेको छ ।

अब यो चलचित्र आगामी श्रावण १७ गतेबाट प्रदर्शन हुने भएको छ । चलचित्रको प्रर्दशन मिती पक्का गरेसँगै निर्माण ‘न यता न उता’ बोलको शिर्ष गीत पनि गरेको छ । सुरज विक्रम थापा बुलेट फ्लोको कम्पोज तथा शब्द, संगीत रहेको गीतमा उनलाई एक्स प्रिति कौरले स्वरमा साथ दिएकी छन् । गीतमा मुख्य कलाकार मिस्टर प्रिन्स, मिराज रोश, समिर दिक्षित, नम्रता सापकोटा, प्रिति कौरलाई फिचर्ड छन् ।

गीतको भिडियोलाई शिशिर घर्तिले कोरियोग्राफी गरेका हुन् । यस चलचित्रमा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, अनु दाहाल, लुनिभा तुलाधार, अन्ना देउजा, सान्तना भट्टराई, भिमा मैनाली, राजन खतिवडा, जयनन्द लामालगायतको अभिनय रहेको छ ।

यसलाई विशारद बस्नेत र मिराज रोशले मिलेर निर्देशन गरेका हुन् । चलचित्रको कथा तथा पटकथा मिराज रोशले तयार पारेका हुन् । भने, चलचित्रको संवाद अभिमन्यु निरबीले लेखेका हुन् । रिना लामा कार्यकारी निर्माता रहेको चलचित्रमा अमित अर्याल, बेनकण्ठ मकाजु, विजय अवाले, विनिता अधिकारी, डाक्टर निराजन प्रधान, प्रतिक कर्माचार्य लगायतको लगानी रहेको छ ।

यो चलचित्रमा अरोन अशोक कुमारको छायांकनछ । दुई जना अर्धवैशे पुरुषको जीवनमा आइपरेको संकटलाई हास्य रुपमा दर्शाइएको निर्देशक मध्येका एक विशारदले बताए । सबै उमेरका दर्शकलाई चलचित्रले दुई घन्टा भरपूर मनोरञ्जन दिने उनको दावी छ । यस फिल्मले उठाएको कथा नेपाली चलचित्रमा नै पहिलो पटक रहेको उनको भनाई छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu