‘कप्स’ पृथक छ : निर्देशक सापकोटा



निर्देशक सम्राट सापकोटाले जेठ १७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘कप्स’ पृथक विषयवस्तुमा निर्माण भएको बताएका छन् । यही चलचित्रबाट निर्देशनमा डेब्यू गरेका उनले सरकारको सुरक्षा अंगको विषयमा चलचित्र बनाउन निकै चुनौतीपूर्ण हुने पनि बताए । उनी एक कुशल कलाकार समेत हुन् । यस चलचित्रको निर्देशनसँगै पटकथा पनि उनी आफैंले लेखेका हुन् ।

आइतवार राजधानीको चलचित्रको विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्देशक सापकोटाले भने- ‘पछिल्लो समय हाँस्य रस र लभस्टोरी चलचित्रले बढी सफलता पाइरहेका छन् । यो अवस्थामा हामीले यथार्थवादी र समय-सापेक्ष चलचित्र बनाएका छौं । नेपालको वर्तमान परिस्थितिलाई चलचित्रको माध्यमबाट उजागर गरेका छौं ।’ यो चलचित्रमा उनले पनि अभिनय गरेका छन् ।


खलनायकको चरित्रमा देखिँदै आएका अनुपविक्रम शाहीले यसमा सकारात्मक भूमिका निभाएका छन् । उनी एक कर्तव्यनिष्ठ प्रहरीको भूमिकामा छन् । डिएसपीको भूमिका निभाएका उनी भन्छन्, ‘मैले मेरो क्यारेक्टरलाई न्यायपूर्वक निभाउने प्रयास गरेको छु । देशभक्ति चलचित्र भएका कारण एकपटक सबै नेपालीलाई हेर्न आग्रह गर्छु । चलचित्र राम्रो बनेको छ । दर्शकलाई निराश बनाउँदैन ।’

दुई नव-अभिनेत्री सन्दिपा लिम्बु र अनुपा भट्टराईले चलचित्रलाई लिएर आफूहरु निकै उत्साहित रहेको बताए । चलचित्रमा नकारात्मक भूमिकामा रहेका अमित गिरी ‘कप्स’ उत्कृृष्ट बनेको दावी गर्छन् । चलचित्रले पोलिटिक्स, प्रहरी र जनताको कथा बोल्ने छ । रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय छ ।

‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’ को निर्माणमा बनेको चलचित्रमा सुशान्त प्रजापतिको छायांकन र अष्ट महर्जनको द्वन्द्व छ । एक्सन र लभस्टोरी जनरामा बनेको चलचित्रमा कविराज गहतराज र शिशिर खातीको नृत्य र विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत छ । विपिन मल्लले चलचित्रको सम्पादन गरेका छन् । सञ्जय श्रेष्ठको ब्याग्राउण्ड स्कोर छ । चलचित्रका निर्माता राम शाक्य हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu