छायांकनमा ‘पोइ पर्‍यो काले’



लामो समयदेखि चर्चामा रहेको चलचित्र ‘पोइ पर्‍यो काले’ को छायांकन पोखराबाट सुरु भएको छ । बुधवार पोखराको विन्दावासिनी मन्दिरमा क्यामेरा पूरा गरेपछि चलचित्रको औपचारिक रुपमा छायांकन सुरु भएको हो । यो चलचित्र आउँदो कात्तिक ८ गते दिपावलीमा मुलुकभर प्रदर्शनमा आउनेछ ।

मल्टीस्टारर यस चलचित्रमा अभिनेत्री पूजा शर्मा र अभिनेता सौगात मल्लले श्रीमान्-श्रीमतीको भूमिका निभाउँदैछन् । सौगातकै वरिपरि फिल्मको मूल कथा घुम्नेछ । यसमा आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सुरक्षा पन्त, सोहित मानन्धर, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।


चलचित्रलाई शिशिर राणाले निर्देशन गर्दैछन् । यसको कथा पनि उनी स्वयंको हो । शिव ढकालले खिच्ने चलचित्रका गीत रघु परियार र हरि उप्रेतीले लेखेका छन् । भने, संगीत सुवास भुषाल र पुरुषोत्तम न्यौपानेले भरेका छन् । गीतमा कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहनेछ ।

तारा प्रकाश ‘किम्भे’ को सम्पादन रहने चलचित्रको प्रस्तुतकर्तामा श्याम बहादुर थापा रहेका छन् । दिपक मनाङ्गे र अ. देवि राई निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्मातामा किरण नेपाली र रधु परियार छन् । सह-निर्मातामा अर्जुन खनिया र देव तामाङ रहेका छन् । निर्देशक राणाले ‘पोइ पर्‍यो काले’ कमेडी कथावस्तुमा आधारित भएर बन्न लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu