३८ दिनमा सकियो निश्चल र स्वस्तिमाको ‘घामड शेरे’



लभस्टोरी चलचित्र बनाउन सिपालु मानिने निर्देशक हेमराज विसी निर्देशित नयाँ चलचित्र ‘घामड शेरे’ को सुटिङ प्याकअप भएको छ । क्यामेरा ‘अन’ भएको ३८ दिनमा चलचित्रको छायांकन सकिएको हो । छायांकन पूरा गरेर निर्माण टिम बुधवार राजधानी फिरेको छ ।

यसमा रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का प्रमुख भूमिकामा छन् । चलचित्र ‘दुई रुपैयाँ’ मा समावेश सुपरहिट गीत ‘कुटुमा कुटु’ मा दुईले साथमा ठुम्का लगाए पनि चलचित्रमा भने अहिलेसम्म रोमान्स गरेका थिएनन् । ‘घामड शेरे’ मा उनीहरु श्रीमान्-श्रीमतीको भूमिकामा छन् । चलचित्रको अधिकांश छायांकन सुर्खेतमा भएको हो ।


यो चलचित्रका लागि निर्देशक टर्न अभिनेता निश्चलले पारिश्रमिक मात्र २५ लाख बुझेको चर्चा छ । २० लाख उनले एडभान्स बुझेका थिए । अभिनेत्री स्वस्तिमाले पनि फिल्ममा चर्को पारिश्रमिक बुझेकी छन् । पहिलो पटक रियल कपललाई ठूलो पर्दामा हेर्न दर्शक निकै आतुर छन् । रोमान्टिक–कमेडी जनरामा चलचित्र निर्माण भएको बताइएको छ ।

निश्चल र स्वस्तिमाका अलावा चलचित्रमा सुष्मा निरौला र लोकेन्द्र लेखकको पनि अभिनय रहेको छ । निर्देशक विसीको होम प्रोडक्सन कम्पनी विसी मोसन पिक्चरको ब्यानरमा यो चलचित्र निर्माण भएको हो । नरेन्द्र मैनालीले चलचित्र खिचेका हुन् । ‘घामड शेरे’ आउँदो असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउने जानकारी प्राप्त छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu