दयाहाङ पिता बनेको ‘आप्पा’ ट्रेलर सार्वजनिक (भिडियो)



असार १३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘आप्पा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा पिता र छोराको सम्बन्धलाई देखाइएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई आप्पा अर्थात् पिताको भूमिकामा छन् । ट्रेलरबाट चलचित्रको मूल कथा प्रस्ट्याउन खोजिएको छ ।

असार १३ गते रिलिज हुने यस चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । कथा पनि उनकै हो । यो अनमोलको डेब्यु निर्देशकिय चलचित्र हो । उनी चलचित्र मनोरञ्जनात्मक रहेको बताउँछन् । चलचित्रमा दयाहाङ र सिद्धान्तका अलावा अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको पनि अभिनय छ । यसमा रुदेन सादा लेप्चाको लगानी छ ।


अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता माबो हाङ हुन् । ‘आप्पा’ मा अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि. कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन चलचित्रमा रहेको छ । चलचित्रको अधिकांश छायांकन भारतको कालेबुङमा भएको हो ।

ट्रेलर रिलिज कार्यक्रममा अभिनेता दयाहाङ छायांकनरत चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ का कारण उपस्थिति हुन नसके पनि निर्देशक गुरुङ, कलाकारहरु सिद्धान्त, अल्लोना र तुलसी उपस्थिति भएका थिए । बरिष्ठ चलचित्र निर्देशक तुलसीले ‘आप्पा’ को कथावस्तु मन परेका कारण काम गरेको बताए । कलाकार द्वय सिद्धान्त र अल्लोना चलचित्रलाई लिएर उत्साहित देखिएका छन् ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu