‘प्रेम दिवस’ को शिर्ष गीत सार्वजनिक (भिडियो)



योगेश घिमिरे निर्देशित चलचित्र ‘प्रेम दिवस’ को शिर्ष गीत सार्वजनिक भएको छ । जेठ ३१ गतेलाई प्रदर्शन आउने चलचित्रको सार्वजनिक गीतमा सुरज तामाङ र शैलु आरएल सिंहको आवाज रहेको छ । भने, सन्तोष पोखरेलको शब्द र करण राज कार्कीको संगीत छ । गीतको भिडियोमा फिल्म भित्रका चल/अचल दृश्यहरु समावेश गरिएको छ ।

भिडियोमा अभिनेता आयुष्मान देशराज र अभिनेत्री प्रियंका कार्की फिचर्ड छन् । गीतले दुईको प्रेमभाव बोल्छ । चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ । प्रियंकाको एक गरिब र धनी युवकसँग प्रेम रहँदा आइपर्ने उचारचढावमा चलचित्र केन्द्रित रहेको निर्माण टिमले जानकारी दिएको छ । चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

चलचित्रमा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको पनि अभिनय छ । विशाल खरेलले यो चलचित्रबाट डेब्यू गर्दैछन् । रोशन श्रेष्ठको द्वन्द्व रहेको चलचित्रमा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण महर्जनको छायांकन छ ।

मनिष दाहाल निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता सञ्जय न्यौपाने हुन् । ‘प्रेम दिवस’ का गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । ‘तिम्रो छेउ सरुँकी म’ र ‘बरु अर्को जुनी’ गीतका कारण चर्चामा रहेको यो चलचित्रमार्फत् पहिलो पटक प्रियंका र आयुष्मान सिल्भर स्क्रिनमा देखिन लागेका हुन् । उनीहरु वास्तविक जीवनमा पनि प्रेममा छन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu