भदौ २० गतेबाट मुलुकभर अभिनेत्री नीता ढुंगाना र अभिनेता प्रज्वल गिरी स्टारर चलचित्र ‘सोच’ प्रदर्र्शनमा आउने भएको छ । एक्सन-लभस्टोरी जनरामा निर्माण भएको चलचित्रको निर्माण टिमले फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

पुजन सिंह (प्रभाकर प्रकाश) को कथा र निर्देशनमा बनेको चलचित्रको सार्वजनिक तीन पोस्टरमा अभिनेता द्धय प्रज्वल गिरी, पुजन सिंह र अभिनेत्री नीता ढुंगाना फिचर्ड छन् । गंगा रजक प्रकाश र एस.डी निर्माता रहेको चलचित्रमा विशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसीलगायतका कलाकारहरुको पनि अभिनय छ ।
कृष्ण आचार्यको पटकथा, संवाद रहेको सम्वाद रहेका ‘सोच’ मा एनबी महर्जनको द्वन्द्व निर्देशन, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेको सम्पादन छ । चलचित्रले मनोरञ्जनका साथै जीवनोपयोगी सन्देश समेत प्रदान गर्ने निर्देशक पुजन बताउँछन् । यसलाई आरआर फिल्मस्ले वितरक गर्दैछ ।




