संजोगले वर्षालाई साथ दिँदै लेखे, ‘म तिमीलाई प्रोत्साहन गर्छु’



अभिनेत्री वर्षा राउत पहिलो पटक पहिरनलाई लिएर विवादमा फसेकी छन् । केही दिनयता उनी चलचित्र ‘जात्रै जात्रा’ को प्रदर्शनका लागि अष्ट्रेलियामा छिन् । गएको शुक्रवार भएको चलचित्रको विशेष प्रदर्शनीमा उनले घाँटीको भाग धेरै खुलेको सेतो र कालो रंग मिसिएको लामो गाउन लगाएकी थिइन् । उक्त पहिरनमा उनको बक्षस्थलको आधा भन्दा बढी भाग स्पष्ट देखिएको छ । यसले उनलाई विवादमा ल्याएको हो ।

ट्रोलर्सले विवाहपछि उनी उत्पादै बोल्ड भएको भन्दै सयौं ट्रोल बनाएका छन् । दुईअर्थी शब्द प्रयोग गरेर पनि थुप्रै खालका ट्रोल बनेका छन् । तर, यस विषयमा वर्षाले कुनै प्रतिक्रिया जनाएकी छैनन् । यसले उनको वास्तविक जीवनमा भने नराम्रो असर पुगेको छ । तर, उनलाई साथ र हिम्मत दिन श्रीमान् संजोग कोइराला अगाडि सरेका छन् । अहिले उनी पनि वर्षासँग अष्ट्रेलियामै छन् ।

उनले वर्षासँगको रोमान्टिक दुई फोटो सामाजिक सञ्जाल फेसबुकमा साझेदार गर्दै लेखेका छन्, ‘म तिमीलाई प्रोत्साहन गर्छु, तिमीलाई सम्मान गर्छु । तिम्रो हरेक युद्धमा साथ र सहयोग दिनेछु । तिम्रो कठिन र संर्घषको समयमा अझ माया गर्नेछु । म तिमीसँग धेरै समय बिताउने कोशिश गर्छु ।’

उनी अगाडि लेख्छन्, ‘तिमीलाई हरेक पल आनन्दित तुल्याउने प्रयास गर्नेछु । तिमी सधैं ठिक र ठिक काम गर्न सक्दिनौ, ठिकै छ । तिमी सबै कुरामा पर्फेक्ट हुन सक्दिनौ तर वास्तविक हुनु ।’ अप्ठ्यारो समयमा एक महिलाले सबैभन्दा ठूलो साथ श्रीमान्बाट चाहन्छन् । वर्षालाई श्रीमान्बाटै बलियो साथ र सहयोग मिलेपछि बजारमा पहिरनलाई लिएर भएको आलोचनाले खासै फरक नपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu