‘आप्पा’ को ‘साउने झरी’ सार्वजनिक (भिडियो)



असार १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आप्पा’ को ‘साउने झरी’ बोलको गीत सार्वजनिक भएको छ । विज्ञान बराइलीको स्वर रहेको ओएसटी गीतमा अनमोल गुरुङ र सैकत देवले संगीत भरेका छन् । गीतको शब्द लेखन उमेश उपमाले गरेका हुन् । गीतको अडियो सशक्त छ । गीतमा एक छोरा र पिताको प्रेम दर्शाइएको छ ।

चलचित्र ‘आप्पा’ ले एक छोरा र पिताको सम्बन्धको कथा भन्छ । फिल्ममा अभिनेता दयाहाङ पिताको भूमिकामा छन् । चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । यो अनमोलको डेब्यु निर्देशकिय चलचित्र हो । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता माबो हाङ हुन् ।

यसमा रुदेन सादा लेप्चाको लगानी छ । चलचित्रमा दयाहाङ राई, सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ । निर्देशक गुरुङको कथा रहेको फिल्ममा उनको र उमेश उपमाको पटकथा तथा संवाद छ । शैलेन्द्र डि. कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन चलचित्रमा छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu