नेपाली गीतमा नाच्दा सन्नीलाई गर्व महशुस



बलिउड अभिनेत्री सन्नी लियोनी ले नेपाली चलचित्र ‘पासवर्ड’ को गीत ‘आजको शाम’ बोलको गीतमा उनले ठुम्का लगाएकी छन् । यसका लागि उनले भारतीय २ करोड बुझेको निर्माण टिमले बताएको छ । गएको चार दिन अगाडि युट्युब रिलिज भएको यस गीतले अहिलेसम्म साढे १३ लाखभन्दा बढी भ्यूज बटुलिसकेको छ । गीतलाई मिश्रित प्रतिक्रिया मिलेको छ । चार हजार बढी कमेन्टमा अधिकांशले सन्नीको नृत्यको प्रशंसा गरेका छन् । भने, कतिले गीतको शब्द नबुझेको बताएका छन् ।

यस गीतको छायांकनका लागि सन्नी डान्स कोरियोग्राफर विष्णु देवालाई साथमा दिएर भारतबाट लण्डन पुगेकी थिइन् । अर्जुन पोखरेलको संगीत, दुर्गा खरेलको स्वर र विक्रम जोशीको शब्द रहेको गीतको अडियो सुनेपछि नै सन्नीले उत्साहित हुँदै तारिफले भरिएको एक ट्विट गरेकी थिइन् । युट्युबमा सार्वजनिक भएको उक्त गीतको भिडियो ट्विटमा आइतबार साझेदार गर्दै उनले नेपाली चलचित्रको हिस्सा बन्न पाउँदा गर्व लागेको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘नेपाली चलचित्र ‘पासवर्ड’ को गीत साझा गर्न पाएकोमा म निकै खुसी छु । किनकि, तपाईंहरु मेरो नेपालप्रतिको प्रेम जान्नुहुन्छ । योसँगै मलाई नेपाली चलचित्र वर्ल्डको हिस्सा बन्न पाएकोमा गर्व महशुस भएको छ । नेपालमा महान प्रतिभाहरुहरुको जन्म भइरहेको छ ।’ उनले नृत्य गरेको चलचित्र ‘पासवर्ड’ भाद्र २७ गतेबाट प्रदर्शनमा आउँदैछ । सन्नी यस चलचित्रको प्रिमियरका लागि नेपाल आउने निर्माण टिमले बताएको छ ।

सार्वजनिक ‘आजको शाम’ बोलको गीतमा सन्नीसँग चलचित्रका लिड अभिनेता बिक्रम जोशी (विक्की) ठुम्का लगाएका छन् । अभिनेता अनुप विक्रम शाही र कलाकार बुद्धि तामाङलाई पनि गीतमा देख्न सकिन्छ । यस चलचित्रका निर्देशक सम्राट बस्नेत हुन् । यसलाई हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता अंकित गौतम हुन् । चलचित्रमा सौरभ लामाको छायांकन छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu