भाष्कर प्रधान निर्देशित चलचित्र ‘लभ यू हमेशा’ को फस्टलुक पोस्टर र प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यो चलचित्र आउँदो भदौ ६ गतेबाट देशभर प्रदर्शनमा आउने निश्चित भएको छ । यस्तै, रोमान्टिक थिममा तयार पारिएको फस्टलुक पोस्टर आकर्षक बनेको छ ।

विभिन्न डिजाइनका पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरु यशराज गरच, ऋचा थापा र फिजा योन्जनलाई हाइलाइट गरिएको छ । धर्मा क्रिएसनको ब्यानरमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सह-निर्माता रहेको चलचित्रमा शिशिर राणा, गोपाल ढकाल (छन्दे), पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङको पनि अभिनय छ ।
भारतको कालेबुङ, सिलगुडी तथा काठमाडौंमा सुटिङ भएको चलचित्रको केही दृश्य सिंगापुर र फिलिपिन्समा खिचिँदैछ । निर्देशक भास्करकै कथा, शिव ढकालको छायांकन, एनवि महर्जनको द्वन्द्व निर्देशन, भासुको संगीत, कमल राईको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ । ‘लभ यू हमेशा’ को वितरण आरआर फिल्मस्ले गर्दैछ ।




