पूजा दुलही, आकाश र सौगात बने दुलहा



आउँदो कात्तिक ८ गते अर्थात् दिपावलीमा प्रदर्शनमा आउने चलचित्र पोइ पर्‍यो कालेको छायांकन सकिएको छ । एक गीत खिच्न बाँकी राख्दै शुक्रबारबाट चलचित्रको सम्पूर्ण छायांकन सकिएको निर्देशक शिशिर राणाले जानकारी दिएका छन् । अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले तेस्रो पटक सहकार्य गरेको यस चलचित्रमा रियल जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठको पनि अभिनय छ ।

छायांकन सकिएसँगै निर्माण टिमले चलचित्रप्रति दर्शकको कौतुहलता बढाउने केही तश्विर बाहिर ल्याएको छ । सार्वजनिक तश्विरमा पूजालाई बेहुलीको पहिरनमा देख्न सकिन्छ । भने, आकाश र सौगात बेहुलाको भेषमा देखिएका छन् । एक तश्विरमा आकाश र पूजालाई दुलहा-दुलहीको पहिरनमा रोमान्टिक मुडमा देख्न सकिन्छ । सौगात भने एक्लै देखिएका छन् ।


‘पोइ पर्‍यो काले’ मा सौगात र पूजा श्रीमान्-श्रीमतीको भूमिकामा रहेको चर्चा छ । तर, निर्माण टिमले सार्वजनिक गरेको तश्विरले पूजाको श्रीमान् आकाश हुन् वा सौगात भन्नेमा दोधार बनाउँछ । निर्देशक राणा चलचित्र हेरेपछि यसको जवाफ पाउने बताउँछन् । चलचित्रको मुख्य ट्विस्ट नै यही रहेको उनको भनाई छ । यस चलचित्रको मूल कथा भने सौगातको वरिपरि घुमेको छ ।

पहिलो पटक पूजा र सौगातलाई ठूलो पर्दामा हेर्न दर्शक निकै आतुर छन् । सोहित मानन्धर, सुरक्षा पन्त, राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामालगायतका कलाकारहरुको पनि यसमा अभिनय छ । चलचित्रको कथा निर्देशक राणा स्वयंले लेखेका हुन् । शिव ढकालले चलचित्र खिचेका हुन् । चलचित्रका गीतमा सुवास भुषाल र पुरुषोत्तम न्यौपानेले संगीत भरेका छन् ।

तारा प्रकाश ‘किम्भे’ को सम्पादन रहने चलचित्रको प्रस्तुतकर्तामा श्याम बहादुर थापा रहेका छन् । दिपक मनाङ्गे र अ. देवि राई निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्मातामा किरण नेपाली र रधु परियार छन् । सह-निर्मातामा अर्जुन खनिया र देव तामाङ रहेका छन् । निर्देशक राणाले ‘पोइ पर्‍यो काले’ कमेडी कथावस्तुमा आधारित भएर बनेको बताउँछन् । यस चलचित्रको दर्शकमा व्यग्र प्रतिक्षा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu