‘सानो मन’ शिर्ष गीत रिलिज (भिडियो)



काठमाण्डौ । असार २० गते रिलीज हुने नेपाली चलचित्र ‘सानो मन’को शिर्ष गीत सार्वजनिक भएको छ । आईतवार इन्टरनेटमा रिलिज गीतले चलचित्रको थिम महशुस गराउँछ ।

सार्वजनिक गीतमा आयुष्मान र शिल्पाको प्रेम झल्किन्छ । सुयोग सोताङ्गको संगीत रहेको छ भने रोहित जोन क्षेत्रीको स्वर तथा स्वप्निल शर्माको शब्द रहेको छ । यस अघि रिलीज भएको यस चलचित्रको ‘रानु कम्मर’ बोलको गीतले चर्चा पाईरहेको समयमा अर्को गीत रिलीज गरिएको हो ।

‘गीत चल्तिको भन्दा अलिक फरक बनाएका छौँ, जसले नेपाली चलचित्रमा आईरहेका प्रेमगीतहरु भन्दा फरक स्वाद दिन्छ’, गीतको बारेमा संगीतकार सोताङ्गले बताए । चलचित्रका निर्देशक सुयोग गुरुङ्गले गीत चलचित्रको कथासँग नजिक रहेको बताए । युवा युवतीबीच नौलो प्रेम हुँदाको क्षणहरु झल्किने यो गीत युवा युवतीको वास्तविकताको नजिक रहेको उनको भनाई छ ।

सुयोग गुरुङको डेब्यू निर्देशनमा निर्माण भएको यस चलचित्रमा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको पनि यसमा अभिनय छ । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भएको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको भिएफएक्स नगेश कँडेलले गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको यस चलचित्रलाई आलोक शुक्लले छायांकन गरेका छन् ।

काठमाडौं, भैरहवा, बैंकक लगायतका ठाउँहरुमा छायांकन भएको यस चलचित्रका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक हुन् प्रोडक्सन डिजाइनर यम ओली हुन् । चलचित्रका कला निर्देशक रबिनकाजी शाक्य हुन् भने मेकअप आर्टिस्ट श्रद्दा मास्के र कृति जोशी हुन् ।

म्युजिकल लभस्टोरी रहेको यस चलचित्रको ट्रेलर पनि सार्वजनिक भईसकेको छ । ट्रेलरलाई अधिकांश दर्शकले रुचाएका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu