आयुष्मानलाई किन गुगलमा आफूलाई खोज्न डर लाग्छ ?



दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘चपली हाइट २’ बाट गरेका अभिनेता आयुष्मान देशराज जोशीको नयाँ चलचित्र ‘सानो मन’ यही असार २० गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनले अभिनेत्री शिल्पा मास्केसँग रोमान्स गरेको छ । गीतसंगीत र ट्रेलरका कारण चर्चामा रहेको यो चलचित्र दुबैका लागि निकै महत्त्वपूर्ण मानिएको छ । किनकि, दुई अभिनीत अघिल्ला कुनै फिल्म बक्सअफिसमा सफल छैनन् । सुयोग गुरुङ यसका निर्देशक हुन् ।

चलचित्रमा अभिनय गर्न सुरु गरेपछि उनले आफूलाई मन पराउने र मन नपराउने दुबैखाले दर्शक कमाएका छन् । हुनत, हरेक सेलिब्रेटीका रुचाउने र नरुचाउने दुबैथरी दर्शक हुन्छन् । तर, अभिनेत्री प्रियंका कार्कीसँग अफेयरमा रहेपछि भने आयुष्मानलाई नरुचाउने दर्शक अझ बढेका छन् । विशेषगरि युवतीहरु । उनलाई पिटिक्कै मन नपराउने दर्शकले ‘चुसेको आँप’ भन्ने गर्दछन् ।

सामाजिक सञ्जाल युट्युब, फेसबुक, ट्विटर, इन्स्टाग्राममा उनलाई ‘चुसेको आँप’ भन्दै लेखिएका कमेन्ट प्रशस्त भेटिन्छन् । यसबारे आयुष्मान अनविज्ञ छैनन् । तर, सुरु-सुरुमा उनलाई नराम्रो लागेपनि अहिले सामान्य लाग्न थालेको छ । तर, उनी आफूले आफूलाई ‘चुसेको आँप’ जस्तो नदेख्ने बताउँछन् । एक भेटमा उनले भने- ‘धेरै पटक मैले आफूलाई ऐनामा हेरेको छु । कहिल्यै ‘चुसेको आँप’ जस्तो देखिनँ ।’


चलचित्र ‘सानो मन’ को विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा उनले पत्रकारलाई प्रश्न गरे, ‘के म ‘चुसेको आँप’ जस्तो देखिन्छु र ?’ आफूलाई आउने राम्रा/नराम्रा सबैखाले प्रतिक्रियालाई आत्मसात् गर्ने उनको भनाई छ । उनले आफूलाई अहिलेसम्म गुगलमा सर्च नगरेको पनि बताए । ‘‘चुसेको आँप’ जस्तो देखिन्छु कि भन्ने डरले अहिलेसम्म मैले आफूलाई गुगल समेत गरेको छैन’’, उनी सुनिए ।

चलचित्र ‘सानो मन’ को ट्रेलरमा समेत पिताको भूमिकामा रहेका विशाल पहारीले आयुष्मानलाई गाली गर्दै ‘चुसेको आँपजस्तो अनुहार भएको’ भनेर गाली गरेका छन्, जसमा आयुष्मानले नसुनेजस्तो गर्छन् । आफ्नै बिल्ला गरिएको संवाद राख्न तपाईंको अनुमती थियो वा निर्देशकको स्वइच्छा ? आयुष्मानलाई सोधिएको प्रश्नमा निर्देशक गुरुङले जवाफ दिए । उनले सल्लाहमै यो संवाद राखिएको बताए ।

उनी भन्छन्, ‘आयुष्मानलाई धेरैले ‘चुसेको आँप’ भन्ने गरेको मैले कैयन् पटक देखेको र सुनेको थिएँ । चलचित्रमा मैले त्यसलाई संवादको रुप दिन खोजेँ । उसलाई सुनाएँ पनि । उसले तत्काल कुनै प्रतिक्रिया जनाएन । उसलाई नराम्रो लाग्ने बुझेर मैले त्यो संवाद हटाउन खोजेँ । तर, ऊ आफैंले राख्न आग्रह गर्‍यो ।’ यो संवाद गसिप बनोेस् भनेर सल्लाहमा राखेको आयुष्मानको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu