अभिनेत्री कृतिले गरिन् दोस्रो विवाह



अभिनेत्री कृति भट्टराईले दोस्रो विवाह गरेकी छन् । ‘गहना’, ‘कसलाई आफ्नो भनुँ’ टेलिसिरियल र ‘विश्वास’, ‘उपहार’, ‘उनको सम्झनामा’ लगायतका चलचित्रमा अभिनय गरेकी उनले रोहित पौडेलसँग बुधबार हिन्दू परम्पराअनुसार विवाह गरेकी हुन् ।

रोहित र कृतिको प्रेम विवाह रहेको जानकारी प्राप्त छ । विवाह समारोहमा दुलहा-दुहली दुबै पक्षका परिवारहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो । कृति पछिल्लो समय काँचको पर्दाबाट टाढा छिन् । उनले राम्रो स्क्रिप्टबाट अफर नआएका कारण चलचित्र नगरेको बताउँदै आएकी छन् ।

सञ्चारकर्मी तथा निर्देशक रवि श्रेष्ठसँग डिभोर्स भएपछि उनी लामो समय एक्लो जीवन विताउँदै आएकी थिइन् । रविसँग उनको प्रेम र अन्तरजातीय विवाह भएको थियो । केही महिनायता कृति नयाँ बानेश्वर थापागाउँको अर्ग्यानिक एस्प्रोसो कफी सप सञ्चालन गर्दै आइरहेकी छन् । उनी आरजे र भिजे समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu