एसइइमा करिश्माको ‘बी प्लस’, प्लस टुमा म्यानेजमेन्ट पढ्ने



अभिनेत्री करिश्मा मानन्धरले एसईई परीक्षामा ‘बी प्लस’ ग्रेड प्राप्त गरेकी छन् । २०७५ सालको अन्तिममा उनले परिक्षा दिएकी थिइन् । उनले जीपीए ३ प्राप्त गरेकी हुन् । एसईई परीक्षाको रिजल्टबाट आफू निकै खुशी भएको बताइन् । उनको ‘बी प्लस’ आएको छ ।

झण्डै तीन दशक लामो अभिनय यात्रापछि उनी डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आबद्ध भएकी थिइन् । पार्टीमा सक्रिय रहँदै गर्दा उनले मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा कक्षा ९ बाट अध्ययन सुरु गरेकी थिइन् । एसइइ परिक्षा उत्रिर्ण भएसँगै उनलाई उच्च शिक्षा अध्ययनका लागि बाटो खुलेको छ ।


हालै बाबुराम भट्टराई र उपेन्द्र यादवको दलबीच पार्टी एकता भएपछि करिश्माले पार्टी परित्याग गरेकी थिइन् । उनी तत्काल नयाँ पार्टीमा आबद्ध हुने सोचमा छैनन् । एसइइमा राम्रो अंक पाएकी उनले प्लस टुमा व्यवस्थापन बिषय लिएर पढ्ने बताएकी छन् । एसइइ पास हुँदा उनी निकै खुसी छिन् ।

अभिनेत्री करिश्मा मानन्धर केही वर्षयता फिल्म अभिनयबाट टाढा छिन् । यद्यपि, उनले नृत्य गरेको चलचित्र ‘जात्रै जात्रा’ हाल प्रदर्शनरत छ । तर, उनले चलचित्रमा अभिनय भने गरेकी छैनन् । अहिले अफर आएका चलचित्र पनि नकार्दै आइरहेकी छिन् । उनी अब आफ्नी छोरी कवितालाई हिरोइन बनाउने तयारीमा छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu