हलमा ‘आप्पा’ र ‘कीर्तिपुर’



शुक्रबारबाट दुई नेपाली चलचित्र ‘आप्पा’ र ‘कीर्तिपुर’ एकसाथ प्रदर्शनमा आएका छन् । ‘आप्पा’ का निर्देशक अनमोल गुरुङ हुन् । भने, ‘कीर्तिपुर’ लाई प्रदीप खड्गीले निर्देशन गरेका हुन् । ‘आप्पा’ ले एक छोरा र पिताको भावनात्मक सम्बन्धको कथा वाचन गर्छ । ‘कीर्तिपुर’ भने तत्कालिन राजा पृथ्वीनारायण शाहले एकिकरणको अभियानमा १८ औं शताब्दिमा कीर्तिपुरमा गरेको आक्रमणको कथामा आधारित छ ।

बिहीबार साँझ राजधानीमा भएको प्रिमियरमा चलचित्र ‘आप्पा’ को प्रशंसा भएको थियो । चलचित्रकर्मीहरुले कलाकारको अभिनय, कथावस्तु र निर्देशक गुरुङको निर्देशकिय क्षमताको मुक्तकण्ठले प्रशंसा गरे । चलचित्रमा दयाहाङले उत्कृष्ट अभिनय पस्किएका छन् । उनी पिताको भूमिकामा छन् । तुलसी घिमिरे, अल्लोना काबो लेप्चा, अरुणा कार्कीलगायतका कलाकारको पनि चलचित्रमा अभिनय छ ।


अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्मित यस चलचित्रमा रुदेन सादा लेप्चाको लगानी रहेको छ । कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । चलचित्रमा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि. कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन चलचित्रमा रहेको छ ।

चलचित्र ‘कीर्तिपुर’ मा भने शराज गराच, हिसिला महर्जन, मदनदास श्रेष्ठ, शुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सुरविर पण्डित, विनेश श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ । यसमा यशराजले पृथ्वीनारायण शाह र कीर्तिलक्ष्मीको भूमिका हिसिलाले निभाएका छन् । चलचित्रका निर्माता अनन्तकुमार श्रेष्ठ हुन् । शंकर महर्जन र नविन जोशीले चलचित्र खिचेका हुन् । वीरेन्द्र ताम्राकार र प्रेम खड्गीको पनि चलचित्रमा लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu