शिवहरीको निर्देशनमा ‘लक्का जवान’ बन्ने



चर्चित हास्यकलाकार शिवहरी पौडेलले चलचित्र निर्देशन गर्ने भएका छन् । ‘प्वाक्क मुखमा हान्नु जस्तो’ संवादले चर्चित उनको निर्देशनमा बन्न लागेको चलचित्र ‘लक्का जवान’ को आइतबार राजधानीमा हास्य कलाकार किरण केसीको जन्मदिनको अवसरमा घोषणा गरियो । चलचित्रमा सह-निर्माताको रुपमा किरण र अभिनेता दीलिप रायमाझी रहनेछन् ।

आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रमा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ । चलचित्र पारिवारिक तथा कमेडी कथामा निर्माण हुने कार्यक्रममा शिवहरीले बताए । ‘अहिले हास्य चलचित्र धेरै बनिरहेका छन् । हामी रियालिटी बेसमा चलचित्र बनाउने छौं । कमेडी हुन्छ तर कथाको मागअनुसार मात्र राखिनेछ । बनावटी हुँदैन’, उनले भने ।

यो चलचित्रबाट अभिनेता दीलिप रायमाझीकी छोरी दिव्यालाई डेब्यू गराउने चर्चा फिल्मवृतमा छ । यो कुरा स्वीकार गर्छन् शिवहरी । उनी भन्छन्, ‘हो, हामीले दिव्यालाई चलचित्रबाट डेब्यू गराउने पहल गरिरहेका छौं । अहिले छलफल भइरहेको छ । चाँडै टुंगो लाग्नेछ ।’ अभिनेता दीलिपकी छोरी अहिले अमेरिकामा छिन् । उनी चलचित्रमा प्रवेश गर्न इच्छुक रहेको जानकारी प्राप्त छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu