‘आमा’ को मुहूर्तसँगै छायांकन सुरु



सोमबार पशुपति मन्दिरमा शुभ मुहूर्त गर्दै चलचित्र ‘आमा’ को छायांकन सुरु गरिएको छ । नेपालको पहिलो फिल्म ‘आमा’ नाम सापटी लिएर बन्न लागेको चलचित्रले एक आमा र छोरीको भावनात्मक सम्बन्धको कथा भन्नेछ । चलचित्र दीपेन्द्र के. खनालले निर्देशन गर्दैछन् । शर्मिला पाण्डेले चलचित्रको निर्माण गर्नेछिन् ।


काठमाण्डौ र रामेछापको लोकेशनमा खिचिने चलचित्रका सह–निर्मातामा सन्तोष अधिकारी छन् । आउँदो फागुन ९ गते प्रदर्शनमा आउने निश्चित भएको ‘आमा’ मा कलाकार सूर्यमाला खनालले शिर्ष भूमिका अर्थात् आमाको भूमिका निभाउनेछिन् । उनको छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्त छिन् ।

देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको पनि चलचित्रमा अभिनय रहनेछ । अधिकांश दृश्यमा पानी परेको देखाउनु पर्ने भएकाले चलचित्र छायांकन लागि असारको महिना रोजिएको निर्देशक दीपेन्द्रले बताए । चलचित्रको गीत भुपेन्द्र खड्काले तयार पारेका छन् । चलचित्रको कथा निर्देशक दीपेन्द्रको हो भने छायांकन पनि उनले नै गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu