सर्वाधिक महँगो मुल्यमा विक्री भयो ‘छ माया छपक्कै’ को विदेश राइट्स



दीपकराज गिरी र दीपाश्री निरौलाको समुहको नयाँ चलचित्र ‘छ माया छपक्कै’ को छायांकन पनि पूरा नहुँदै सर्वाधिक महँगो मुल्यमा ओभरसिज राइट्स विक्री भएको छ । निशान बजगाईंले चलचित्रको विदेश राइट्स १ करोड १६ लाखमा खरिद गरेका छन् । स्रोतका अनुसार, उनले अन्तिम बोली १ करोड १५ लाख लगाएका थिए । तर, दीपक-दीपाले आफूहरुलाई ६ अंक फाप्ने भएका कारण एक लाख बढाउन आग्रह गरेपछि विदेश राइट्समा सहमती जुटेको हो ।

अब, विदेशमा यो चलचित्र प्रदर्शन गर्न चाहनेले निशानसँग सम्पर्क गर्नुपर्ने छ । ‘छ माया छपक्कै’ को एक गीतबाहेक बाँकी छायांकन लगभग सकिएको छ । केही दिनमा लोक शैलीको एक गीत राजधानीमा खिच्ने तयारीमा निर्माण टिम छ । चलचित्रका निर्देशक दीपेन्द्र लामा हुन् । उनलाई दीपाश्री निरौलाले सघाएकी छन् । यो चलचित्रले दशैंमा अशोक शर्माको चलचित्र ‘रातो टिका निधारमा’ सँग बक्सअफिसमा प्रतिस्पर्धा गर्दैछ ।

चलचित्रमा कलाकार दीपकराज गिरीसँग अभिनेत्री केकी अधिकारीको जोडी बाँधिएको छ । केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्टलगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय छ । चलचित्र ४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित छ । दीपक र दीपाको समुहले मुनाफाको ५० प्रतिशत लिने सर्तमा यो चलचित्र गरेको हो । चलचित्रका निर्माता रोहित अधिकारी हुन् । हरि हुमागाइँले चलचित्र खिचेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu