कति राम्री करिश्मा ? (फोटोसहित)



झण्डै ४/५ वर्ष भयो अभिनेत्री करिश्मा मानन्धरले कुनै चलचित्रमा अभिनय गरेकी छैनन् । उनले केही वर्ष अगाडि फिल्म ‘फागु’ नामक चलचित्र पनि बनाएका थिइन् । यो चलचित्रको असफलतापछि उनले नयाँ चलचित्र निर्माण गर्ने हिम्मत जुटाउन समेत सकेकी छैनन् । न त अफर आएका चलचित्र नै गरेकी छन् । आमाको रोल मात्र अफर आउन थालेपछि उनी अभिनयबाट टाढा भएको बताइन्छ ।


अहिले करिश्माले ठुम्का लगाएको चलचित्र ‘जात्रै जात्रा’ हलमा प्रदर्शनरत छ । अभिनयबाट दूरी बनाएपछि उनी डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमार्फत् सक्रिय राजनीतिमा आएकी थिइन् । तर, बाबुराम भट्टराई र उपेन्द्र यादवको दलबीच पार्टी एकता भएपछि करिश्माले पार्टी परित्याग गरिन् । चाँडै उनी नयाँ राजनीतिक दलमा आबद्ध हुने सोचमा छिन् । उनले नेकपा प्रवेश गर्ने चर्चा छ ।

नयाँ शक्ति पार्टीमा प्रवेश गरेपछि उनले कक्षा ८ बाट अध्ययन समेत सुरु गरेकी थिइन् । हालै उनी एसइइमा ‘बी प्लस’ ल्याएर उत्रिर्ण भइन् । सदाबहार अभिनेत्रीको उपाधि पाएकी करिश्मा अब प्लस टु म्यानेजमेन्ट विषय लिएर पढ्ने सोचमा छिन् । एसइइमा उत्रिर्ण भएपछि राजधानीका विभिन्न महँगा प्राइभेट कलेजले अध्ययनका लागि अफर गरे पनि उनले आफ्नो घर नजिकै रहेको सरकारी विद्यालय पढ्ने निर्णय लिएकी छन् ।


सरकारी विद्यालयमा पढाई राम्रो हुँदैन र गरिब परिवारका सन्तान मात्र पढ्छन् भन्ने सोचाईलाई उनी गलत साबित गर्न चाहन्छिन् । उनको यस निर्णयको सबैले प्रशंसा गरेका छन् । एसइइमा उत्रिर्ण भएपछि निकै खुसी भएकी करिश्माले गएको शनिबार एक तिज गीतमा नृत्य गरिन् । हातभरी हरियो चुरा, हरियो पोतेमा छड्के तिलहरी, रातो चोली र पहेँलो रंगमा रातो गुलाबको बुटटा भएको साडीमा उनले छमछमी कम्मर मर्काइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu