‘यो माया कस्तो माया’ को गीत सार्वजनिक (भिडियो)



लभस्टोरी जनरामा निर्मित चलचित्र ‘यो माया कस्तो माया’ को दोस्रो गीत सार्वजनिक भएको छ । असोजमा प्रदर्शन गर्ने लक्ष्य राखिएको चलचित्रको ‘हुन्न है’ बोलको गीत निर्माण टिमले शनिबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गर्‍यो । गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत छ ।

अम्बिका शर्माको शब्द रहेको गीतमा सुवानी मोक्तान र उदिपधोज थापाको स्वर छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा चलचित्रका लिड अभिनेता दिवस धिताल र अभिनेत्री रितु पौडेल फिचर्ड छन् । यो चलचित्र यी दुबैको डेब्यू हो । दुई चलचित्रलाई लिएर निकै उत्साहित रहेको बताउँछन् । चलचित्रले दर्शकलाई प्रेमको आभाष गराउने अभिनेता धितालको दाबी छ ।


यो चलचित्रको ९० प्रतिशत काम निर्देशक भुषण आनन्द ठकुरीले गरेका हुन् । तर, उनी आफू अस्वस्थ रहेको भन्दै एक्कासी क्यानडा उडेपछि चलचित्रको बाँकी १० प्रतिशत निर्देशन निर्माता किशन पोखरेलले गरेका थिए । निर्देशकमा किशनले आफ्नो नाम लेखेका छन् । उनले भुषणमाथि चलचित्रको छायांकन पूरा नगरि अस्वस्थ भएको बहाना बनाएर क्यानडा गएको आरोप लगाए ।

निर्माता तथा निर्देशक किशनले दुई निर्देशकले निर्देशन गरेपनि चलचित्र उत्कृष्ट बनेको दाबी गरे । ‘दुई निर्देशकले निर्देशन गरेको चलचित्र भद्रगोल भयो होला भनेर अहिले नै मुल्यांकन नगरिदिनुहोला । चलचित्रलाई राम्रो बनाउन कुनै कसर छाडेका छैनौं । म यो दाबी गर्न सक्छु कि चलचित्रले दर्शकलाई निराश बनाउँदैन’, किशन विश्वस्त सुनिए । यस चलचित्रको सम्पादन अर्जुन जिसिले गरेका छन् ।

चलचित्रका कार्यकारी निर्माता कर्ण थापा किरण र बाबु गौतम रहेका छन् भने निर्माताहरुमा इन्द्र रजक, समृद्धि श्रेष्ठ , बिशाल गुरुङ, कमल चन्द्र पोखरेल र गोविन्द बर्देवा रहेका छन् । युवराज केशरी, सुन्दर श्रेष्ठ, लय सङ्ग्रौला, सुमित डङ्गोल, तारा केशी, तुलसा शर्मा, शङ्कर महर्जनलगायतको पनि चलचित्रमा अभिनय रहेको छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu