युट्युब ट्रेन्डिङः एक नम्बरमा ‘फाटेको जुत्ता’, तेस्रो स्थानमा ‘रामकहानी’



सफलताको मानक बनेको युट्युब ट्रेन्डिङको शिर्ष तीन स्थान केही दिनदेखि दुई नेपाली र एक साउथ इन्डियन चलचित्रले कब्जा गरेको छ । दुई दिनअघि युट्युब रिलिज भएको निकेश खड्का निर्देशित चलचित्र ‘फाटेको जुत्ता’ नेपाल युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ । फिल्मलाई अहिलेसम्म २२ लाख बढीले हेरिसकेका छन् । २८ हजार लाइक्स मिलेको चलचित्रलाई पब्लिक कमेन्टमा मिश्रित प्रतिक्रिया प्राप्त छ । यो चलचित्रले हलमा राम्रो व्यापार गरेको थियो ।

सौगात मल्ल, कामेश्वर चौरासिया, प्रियंका कार्की, रविन्द्र झालगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको ‘फाटेको जुत्ता’ मा अभिनेता दयाहाङ राईको अथिती भूमिका छ । अर्जुन कुमारले चलचित्रको निर्माण गरेका हुन् । उनी चाँडै अभिनेता सौगातलाई लिएर ‘चपली हाइट ३’ बनाउँदैछन्, निर्देशन निकेशले नै गर्नेछन् । निर्माता अर्जुन ‘फाटेको जुत्ता’ लाई युट्युबमा मिलेको प्रतिक्रियाले उत्साहित बनाएको बताएका छन् ।


युट्युब ट्रेन्डिङको दोस्रो नम्बर भने साउथ सुपरस्टार नागार्जुनका छोरा नागा चैतन्य स्टारर चलचित्र ‘तड्का २’ ले कब्जा गरेको छ । जसका कारण ‘फाटेको जुत्ता’ भन्दा बढी भ्यूज पाएर पनि सुदर्शन थापा निर्देशित चलचित्र ‘रामकहानी’ तेस्रो नम्बरमा खुम्चिनु परेको छ । युट्युब रिलिजको २ दिनमा अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ स्टारर यो चलचित्रलाई २५ लाखभन्दा बढीले हेरिसकेका छन् । चलचित्रलाई निकै राम्रो प्रतिक्रिया मिलेको छ ।

युट्युब ट्रेन्डिङमा साउथ फिल्म ‘तड्का २’ र नेपाली फिल्म ‘फाटेको जुत्ता’ को चेपुवामा परेको ‘रामकहानी’ मा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेलेलगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको छ । चलचित्रलाई सुदर्शन र पूजाले मिलेर निर्माण गरेका हुन् । हलमा प्रदीप खड्काको चलचित्र ‘रोज’ सँग भिडन्त गरेको यो चलचित्रले लगानी उठाउन सफल भएको थियो ।

‘फाटेको जुत्ता’ हेर्नुहोस् :-

‘रामकहानी’ हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu