‘हजार जुनीसम्म’ को गीत रिलिज, दीपाश्रीसँग आर्यनले लगाए ठुम्का (भिडियो)



निर्देशक तथा निर्माता विकासराज आचार्य निर्देशित नयाँ चलचित्र ‘हजार जुनीसम्म’ को दोस्रो गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश ‘एमजी रोडैमा’ बोलको गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले शुक्रबार दोस्रो गीत स्वरुप ‘आज नगद भोली उधारो’ सार्वजनिक गरेको हो । गीतमा प्रलाहद तिमल्सिना र मिना निरौलाको गायन छ ।

लोक शैलीको गीतमा एकनारायण भण्डारीको शब्द छ भने बसन्त सापकोटाले संगीत भरेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला भट्टी साहुनीको भूमिकामा प्रस्तुत छिन् । उनीसँग अभिनेता आर्यन सिग्देल र कलाकार शिवहरी पौडेलले ठुम्का लगाएका छन् । गीत निकै रमाइलो बनेको छ ।

सार्वजनिक गीतको भिडियोमा फिल्मकी प्रमुख अभिनेत्री स्वस्तिमा खड्का, नव-अभिनेता अखिलेस प्रधान, कलाकार उत्तम प्रधानलगायतका कलाकारहरु पनि फिचर्ड छन् । यो गीतमा बजारमा राम्रो चर्चा बटुल्ने देखिन्छ । केही वर्षदेखि ‘नाईं नभन्नू ल’ को सिरिज बनाउँदै आएका निर्देशक आचार्यले नयाँ नाममा चलचित्र बनाएका कारण दर्शकमा ‘हजार जुनीसम्म’ प्रति निकै चासो र कौतुहलता छ ।

यस चलचित्रमा अभिनेत्री टर्न निर्देशक दीपाश्री उक्त गीतमा मात्र देखिनेछिन् । फिल्ममा आर्यन, शिवहरी, स्वस्तिमा र अखिलेसका अलावा प्रियंका कार्की, संचिता लुईंटेल, शिवहरी पौडेल, सलोन बस्नेत, अनुभव रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रको कथा विशाल चाम्लिङ्गको हो । निर्देशक आचार्य र सामिप्यराज तिमिल्सेनाले मिलेर पटकथा तथा संवाद तयार पारेका हुन् ।

भदौ ६ मा रिलिज हुने चलचित्रलाई पुरुषोत्तम प्रधानको खिचेका हुन् । यसमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् । चलचित्रमा अभिनेता आर्यनले अखिलेसको पिताको भूमिका निर्वाहा गरेका छन् । ‘हजार जुनीसम्म’ मा उनलाई फरक गेटअपमा देख्न पाइनेछ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu