राहुलले नचाए आँचललाई, आयो दमदार भिडियो



काठमाण्डौ। गायक, संगीतकार एवं रचनाकार बासुदेव केसीले आफ्नो पहिलो एल्बम ‘राईजिङ्ग सन’ मा रहेको एक गीतको भिडियो रिलीज गरेका छन् । इन्टरनेट मार्फत रिलीज ‘ओ प्रिय’ बोलको गीतको भिडियोमा अहिलेका चर्चित दुई अनुहार अरुण क्षेत्री र आँचल शर्माको अभिनय छ ।

आँचललाई एकोहोरो प्रेम गर्ने अरुण आँचललाई आफ्नो बनाउन कोशिस गरिरहेका देखिन्छन् । भिडियोको निर्देशन चर्चित कोरियोग्राफर तथा डान्सर राहुल शाहले गरेका छन् भने सम्पादन तथा छायांकन पवन सुस्लिङ्ग रहेको छ ।

गायक केसीको स्वर, संगीत तथा शब्द रहेको गीतमा मोहित मुनालको एरेञ्ज रहेको छ । गीतमा आफुले मन परेको मान्छेलाई प्रेमको अपिल गरिएको भाव समेटिएको छ । ‘धेरै जसो किशोरहरुको मनोभावलाई महशुस गरेर गीत तयार पारेको हुँ’, उदयिमान गायक केसीले भने, ‘आशा छ यो गीतले श्रोता-दर्शकको मन जित्नेछ’ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu