तीन वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ एकसाथ बाँडियो (विजेताको सूचीसहित)



शुक्रबार साँझ शीतल निवासमा तीन वर्ष (०७३, ०७४ र ०७५) देखिको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ एकसाथ प्रदान गरिएको छ । चलचित्र विकास बोर्डको १९औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा वर्ष २०७३ को सर्वोत्कृष्ट चलचित्र मिनबहादुर भामको चलचित्र ‘कालो पोथी’ घोषित भएको छ ।

उक्त चलचित्रका निर्देशक तथा निर्माता भामलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उत्कृष्ट फिल्मको राष्ट्रिय पुरस्कार प्रदान गरिन् । उत्कृष्ट निर्देशकको अवार्ड भने चलचित्र ‘सेतो सूर्य’ बाट निर्देशक दीपक रौनियार उचालेका छन् । त्यस्तै, चलचित्र ‘डाइङ क्यान्डल’ बाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार श्रृजना सुब्बाले प्राप्त गर्दा अभिनेतातर्फ चलचित्र ‘जात्रा’ बाट विपिन कार्कीले अवार्ड चुमे ।


चलचित्र ‘छक्का पञ्जा’ वर्ष २०७३ को पपुलर चलचित्र घोषित हुँदा ‘जात्रा’ बाट​ मित्र​ डि.​ गुरुङ्गले सम्पादन विधामा अवार्ड चुम्न सफल भए । छायांकन​ तर्फ ‘ल​भ​ शाशा’ बाट​ शिव​राम​ श्रेष्ठ​ र​ लेख​नमा ‘कालो पोथी’ बाट अभिनाश​ बिक्र​म​ शाहले अवार्ड हत्याए । आदिबासी चलचित्रतर्फ भने ‘क्यू प्ह्रो छे’ ले अवार्ड जित्यो । अवार्ड विजेतालाई राष्ट्रपति भण्डारीले २५ ह​जार​ न​ग​द​सहित ट्र​फी प्रदान गरेकी थिइन् ।

चलचित्र विकास बोर्डले पहिलो पटक अवार्ड विजेतालाई नगदसहित पुरस्कृत गरेको हो । त्यस्तै, ‘दीर्घ साधना सम्मान-२०७३’ ३ लाख​ ५१ ह​जार १११ रुपैयाँसहित ब​रिष्ठ​ अभिनेत्री सुभ​द्रा अधिकारीलाई प्रदान गरिएको छ । तीन वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ एकसाथ वितरण गरिएको कार्यक्रममा नेपाली चलचित्रका परिचित अनुहारहरुले राष्ट्रपति समक्ष १२ मिनेटको नृत्य पनि प्रस्तुत गरेका थिए, जुन राष्ट्रिय अवार्डको इतिहासमा पहिलो पटक भएको हो ।


वर्ष ०७४ र ०७५ को ‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा चलचित्र ‘ब्लाइन्ड रक्स’ र फिल्म ‘गोपी’ उत्कृष्ट घोषित भएका छन् । राष्ट्रपति भण्डारीले दुबै चलचित्रका निर्देशकलाई नगद र टर्फी प्रदान गर्दै बधाई दिइन् । त्यस्तै, ०७४ को उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र ‘ब्लाइन्ड रक्स’ बाटै मिलन चाम्सले पाउँदा सोही चलचित्रबाट अभिनेत्रीतर्फ बेनिशा हमालले अवार्ड चुमिन् । अभिनेताको अवार्ड भने चलचित्र ‘मंगलम’ बाट पुष्प खड्का हात पारे ।


०७४ को ‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा चलचित्र​ ‘मंग​ल​म’ ​बाट​ स​म्पाद​क मित्र​ डि. गुरुङ्ग​ले अवार्ड उचाल्दा ‘कृ’ बाट​ छायाँकार​ पुरुषोत्त​म​ प्र​धान र ‘धन​प​ति’ बाट​ लेख​क त​था प​ट​कथाकार​ खगेन्द्र लामिछानेले अवार्ड प्राप्त गरे । उल्लेख​नीय​ अभिन​य (महिला) ​त​र्फ​ ‘मंग​ल​म​’ बाट​ मिथिला श​र्मा र पुरुषतर्फ ‘शत्रुगते’ बाट रमेश रञ्जन झाले अवार्ड पाए । आदिवासी चलचित्रतर्फ भने ‘टिन्छेन फामा’ ले अवार्ड जित्यो । कार्यक्रममा राष्ट्रपति भण्डारीले ब​रिष्ठ​ निर्देश​क किशोर​ रानालाई २०७४ को ‘दीर्घ​ साध​ना स​म्मान​’ प्रदान गरिन् ।

त्यस्तै, ०७५ को ‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा चलचित्र ‘प्रसाद’ बाट विपिन कार्की र चलचित्र ‘बुलबुल’ बाट स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड प्राप्त गरेका छन् । उत्कृष्ट निर्देशकको अवार्ड भने ‘बुलबुल’ बाटै विनोद पौडेलले हात पारे । पटकथा र लेखनमा चलचित्र ‘गोपी’ बाट सामिप्यराज तिमल्सेना र दिपेन्द्र लामाले अवार्ड आफ्नो पोल्टामा पार्न सफल भए । भने, उत्कृष्ट छायाँकारको अवार्ड चलचित्र ‘समर लभ’ बाट सञ्जय लामाले उचाले ।


सम्पादन विधामा चलचित्र ‘साइँली’ बाट निमेश श्रेष्ठले अवार्ड आफ्नो पक्षमा पार्दा लगातार उत्कृष्ट चलचित्रको सिरिज निर्माण गरेको भन्दै ‘छक्का पञ्जा’ लाई पुरस्कृत गरिएको छ । त्यस्तै, चलचित्र ‘भोर’ मा उत्कृष्ट अभिनय गरेको भन्दै पूजा कर्ण पुरस्कृत हुँदा ३ लाख ५१ हजार १११ नगदसहित ‘दीर्घ साधना सम्मान’ बाट बरिष्ठ निर्देशक तुसली घिमिरेलाई सम्मानित गरिएको छ । ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटा पनि उपस्थिति थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu