मंसिर ६ मा आर्यन र मिरुनाको ‘च च हुई’



अभिनेता आर्यन सिग्देल र सुन्दरी अभिनेत्री मिरुना मगरले पहिलो पटक स्क्रिन साझेदारी गरेको चलचित्र ‘च च हुई’ को प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि कात्तिक २९ मा आउने तयारी भएता पनि अभिनेता सौगात मल्लको चलचित्र ‘माछा माछा’ का कारण अब यो चलचित्र एक हप्ता पछाडि धकलिएको छ ।

बिहीबार निर्माता अमृत घोले लामा र वितरक कम्पनी एफडीबीच चलचिलाई मंसिर ६ गते प्रदर्शन गर्ने सहमति भएको छ ।अहिलेसम्म उक्त मितिमा अरु कुनै चलचित्रले प्रदर्शन मिति घोषणा गरेका छैनन् । तर, ‘च च हुई’ ले सोलो रिलिज पाउने सम्भावना भने न्यून छ । फरक धारका चलचित्र (त्यान्द्रो, साढे सात, लेटर, अनागत) मा रमाइरहेका साम्तेन भुटियाले यो चलचित्रको निर्देशन गरेका हुन् ।


निर्देशक भुटियाका अनुसार, यो पूर्ण कमर्शियल चलचित्र हो । उनी भन्छन्, ‘यसपटक कमर्सियल चलचित्रको जमर्को गरेको छु । चलचित्रमार्फत् दर्शकलाई भरपुर मनोरञ्जन दिलाउने प्रयास रहनेछ ।’ चलचित्रमा आर्यन र मिरुनाका अलावा भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय छ । सुशन प्रजापतिले चलचित्रको अधिकांश दृश्य खिचेका हुन् ।

एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्मित ‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । चलचित्रका गीतमा राजनराज शिवाकोटी र रोशन थापाको संगीत छ । यो चलचित्रमा अभिनेता आर्यन कमेडी भूमिकामा छन् । आर्यनको लुकेको कमेडी पाटो चलचित्रमा देख्न पाइने निर्देशक भुटियाको भनाई छ । आर्यन पनि यो चलचित्रले सफलताको स्वाद चखाउनेमा विश्वस्त छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu