भाद्र १३ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको नवल नेपाल निर्देशित चलचित्र ‘मारुनी’ को दोस्रो रोमान्टिक गीत सार्वजनिक भएको छ । पहिलो गीत ‘जाम्न माया जाम’ ले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले ‘सक्दिनँ म बाँच्न’ बोलको गीत सार्वजनिक गरेको हो ।
गीतमा फिल्मका लिड अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह रोमान्टिक अववतारमा प्रस्तुत छन् । गायिका मेलिना राईको स्वरमा रहेको गीतमा अर्जुन पोखरेलले संगीत र सुरेश वाग्लेले शब्द सृजेका छन् । गीतको अडियो/भिडियो दुबै बलियो छ ।

गीतको भिडियोमा पुष्प र साम्राज्ञीको केमेस्ट्री कमालको देखिएको छ । दुईको पहिरनमा विशेष ध्यान दिइएको छ । साम्राज्ञीलाई बोल्ड अवतारमा देख्न सकिन्छ । गीतको मेकिङ आकर्षक छ । चलचित्रले त्रिकोणात्मक प्रेमकथा वाचन गरेको बताइएको छ ।
पुनम गौतमले निर्माण गरेको चलचित्रमा सह-निर्मातामा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री छन् । गोविन्द फुँँयाल र निर्देशक नेपालले फिल्मको कथा लेखेका हुन् । चलचित्रलाई संजय लामाले खिचेका हुन् । चलचित्रमा नायिका रेविका गुरुङको पनि मुख्य भूमिका छ । पुष्प र साम्राज्ञी दुबै चलचित्रलाई लिएर निकै उत्साहित छन् ।
निर्देशक नेपाल भन्छन्, ‘हामीले दर्शकको मनछुने चलचित्र बनाउने प्रयास गरेका छौं । राम्रा/नराम्रो दुबै प्रकारका प्रतिक्रिया सुन्न हामी तयार छौं ।’ चलचित्रमा शुशील क्षेत्री, अर्जुन श्रेष्ठ, विनोद भट्टराई, शंखर सेढाइलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । मित्र डि.गुरुङ चलचित्रका सम्पादक हुन् ।
गीत हेर्नुहोस् :-




