‘एकलव्य’ को रोमान्टिक गीत सार्वजनिक (भिडियो)



पारिवारिक प्रेमकथामा आधारित भएर निर्माण भएको चलचित्र ‘एकलव्य’ को दोस्रो गीत सार्वजनिक भएकोे छ । अघिल्लो गीत ‘पूर्वै चल्नेया रेल…’ लाई दर्शकले रुचाएपछि निर्माण टिमले ‘मलाई बनायौ किन ?’ बोलको नयाँ गीत सार्वजनिक गरेको हो ।

युवराज चौलागाई र मेलिना राईको स्वर रहेको गीतमा शब्द तथा संगीत राजेन्द्र बजगाईंको छ । प्रेम भाव बोल्ने गीतमा चलचित्रका प्रमुख अभिनेता सोनाम थापामगर र अभिनेत्री ओसन भट्टराई फिचर्ड छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । चलचित्र ‘एकलव्य’ का निर्देशक अनमोल शर्मा हुन् ।


उनका अनुसार, चलचित्रले समाजका विभिन्न अपराधिक घटनालाई उठाइएको छ । सोनाम र ओसिन भट्टराईसँगै पुष्कर राउत, शुशिल पोखरेल, शुष्मा कार्की, महिला सिलवाल, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको मुख्य भूमिका रहेको छ । ‘एकलव्य’ लाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् ।

चलचित्रमा कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीत/संगीत, भोजराज देवकोटाको पटकथा सम्बाद, कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन रहेको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा अभिनेता सोनामले ‘एकलव्य’ उत्कृष्ट बनेको दाबी गर्दै दर्शकलाई हेर्न आग्रह गरे । साउन १० मा चलचित्र रिलिज हुँदैछ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu