भाद्र २० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको अभिनेता प्रज्वल गिरी र अभिनेत्री नीता ढुंगाना अभिनीत चलचित्र ‘सोच’ को टीजर सार्वजनिक भएको छ । टीजर एक्सनयुक्त छ । नीता र प्रज्वलको प्रेम र रोमान्सलाई पनि स्थान दिइएको छ । निर्माण टिमले चलचित्र एक्सन-लभस्टोरी जनरामा निर्माण भएको बताएको छ ।

चलचित्रमा पूजन सिंह, विशाल पहारी, सोनिका बाँस्तोलालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्मलाई पूजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेका हुन् । गंगा रजक र एसडी निर्माता रहेको चलचित्रमा एनवी महर्जनको द्वन्द्व छ ।
रामजी लामीछाने र पूजन सिंहको कोरियोग्राफी रहेको चलचित्रलाई बिदुर पाण्डेले खिचेको हुन् । भने, कथा निर्देशक पुजनकै हो । पटकथा र संवाद कृष्ण आचार्यले लेखेका हुन् । चलचित्रले भरपुर मनोरन्जका साथै सन्देश पनि दिने निर्देशक पुजन बताउँछन् । चलचित्रलाई देशभर आरआर फिल्मस्ले वितरण गर्दैछ ।
भिडियो :-




