भाद्र ६ बाट पोस्टपोन्ड भएर भाद्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता यशराज गरच र नव-अभिनेत्री ऋचा थापा स्टारर चलचित्र ‘लभ यू हमेशा’ को टीजर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको टीजरमा प्रेम, रोमान्स, धोका र द्वन्द्वको कथा देखाइएको छ ।
चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको निर्माण टिमले बताएको छ । भाष्कर प्रधान निर्देशित चलचित्रमा फिजा योन्जन, शिशिर राणा, गोपाल ढकाल (छन्दे), पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङको पनि अभिनय छ । चलचित्रमा निर्देशक भास्करको कथा र शिव ढकालको छायांकन छ ।

धर्मा क्रिएसनको ब्यानरमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सह-निर्माता रहेको यो चलचित्र भारतको कालेबुङ, सिलगुडी तथा काठमाडौंमा खचिएको छ । चलचित्रका केही दृश्य सिंगापुर र फिलिपिन्समा पनि खिचिँदैछ । एनवि महर्जनको द्वन्द्व निर्देशन, भासुको संगीत, कमल राईको कोरियोग्राफी रहेको यस चलचित्रमा मिलन श्रेष्ठको सम्पादन छ ।
टीजर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता यशराजले चलचित्रको कथावस्तु राम्रो लागेका कारण अभिनय गरेको बताए । उनी भन्छन्, ‘स्क्रिप्ट सुनेपछि यो चलचित्र छाड्नुहुन्न भन्ने लागेको थियोे । मेरो भूमिका पनि राम्रो छ । दर्शकलाई चलचित्रले निराश बनाउँदैछ ।’ डेब्यू चलचित्रबाट निकै आशावादी रहेकी नव-अभिनेत्री ऋचा आफूलाई दर्शकले अभिनेत्रीको रुपमा स्वीकार गर्नेमा विश्वस्त छिन् ।
टीजर हेर्नुहोस् :-




