‘घर’ को व्यापार राम्रो



शुक्रबारदेखि देशैभर एकसाथ प्रदर्शनमा आएको हरर चलचित्र ‘घर’ ले शुक्रबार र शनिबार राम्रो व्यापार गरेको यसको निर्माणपक्षले बताएको छ । चलचित्रको निर्माण कम्पनी डीएस डिजिटलले दिएको जानकारी अनुसार, शुक्रबार र शनिबार चलचित्रले ५० लाख माथिको ग्रस कलेक्शन गरेको छ ।

डीएस डिजिटलका सदस्य दिपेन्द्र के खनालले भने–‘हरर चलचित्रमा जुन तरिकाको दर्शकको चाप देखिएको छ यसले हामीलाई हौस्याएको छ । सिंगल र मल्टिप्लेक्स दुबैमा चलचित्रको व्यापार सुखद छ ।’

दिपेन्द्रले चलचित्रलाई अपुरो शैलीमा सकेको बताउँदै दर्शकले ‘घर २’ बनाउन माग गरेको समेत बताए । उनले नेपालमा पनि हरर चलचित्रमा दर्शकको चाप राम्रो रहेकाले ‘घर २’ बन्नेतर्फ संकेत गरे । ६० लाख रुपैयाँको लगानीमा बनेको चलचित्रले हल र डिजिटल राइट्सबाट लगानी उठाएको निर्माण कम्पनीले दाबी गरेको छ ।

शर्मिला पाण्डेको लगानीमा बनेको चलचित्रलाई अर्पण थापाले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा अर्पण थापा, सुरक्षा पन्त, बेनिशा हमाल लगायतको मुख्य भूमिका छ । चलचित्रलाई दर्शकले रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu