निर्देशनमा हात हाल्दै निर्माता माधव वाग्ले



‘लुट’ सिरिजका निर्माता माधव वाग्लेले चलचित्र निर्देशनमा हात हाल्ने भएका छन् । उनले अहिले चलचित्रको स्क्रिप्टमा काम भइरहेको बताए । उनले भने, ‘केही महिनायता चलचित्रको स्क्रिप्टमा काम भइरहेको छ । चाँडै चलचित्रको घोषणा गर्नेछौं ।’ एक दशकदेखि निर्माताको रुपमा बटुलेको अनुभवबाट चलचित्र निर्देशन गर्न लागेको उनले बताए । राम्रो चलचित्र बनाउन आफूले हदैसम्म मेहनत गर्ने उनको भनाई छ ।

करीब १० वटा फिल्मको निर्माण गरिसकेका निर्माता वाग्लेले निर्माता सधैं मुर्गा मात्र हुने तर फाइदा कलाकार र निर्देशकलाई हुने अवस्थाका कारण आफैंले चलचित्रको क्याप्टेनसिप सम्हाल्न लागेको बताए । ‘मिडियाले पनि कलाकार/ निर्देशकलाई मात्र स्थान दिने गर्छ । तर, लगानी गर्ने निर्मातालाई वास्तै गर्दैन । यसकारण पनि चलचित्र निर्देशन गर्ने लोभ लागेको हो’, उनले भने ।

दशैंपछि चलचित्रको घोषणा गरेर फ्लोरमा निस्कने उनको तयारी छ । चलचित्रको नाम चाँडै तय हुने उनले बताए । निर्माता वाग्लेका अनुसार, स्क्रिप्ट फाइनल भएपछि कलाकार छनोट प्रक्रिया सुरु हुनेछ । उनी भन्छन्, ‘म जति बोल्छ त्यो अनुसारको आउटपुट निकाल्न सक्छु कि सक्दिनँ भन्ने आफैंमाथि एक प्रकारको प्रयोग पनि हो यो ।’ उनी निर्मित पछिल्लो चलचित्र ‘चंगा चेट’ हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu