जयवीरको गीतमा पूर्णिमा र मनको रोमान्स (भिडियो)



‘म्हेन्दोमाया’ गायक जयवीर तामाङको ‘आजभोली गाउँघरमा’ बोलको मौलिक नेपाली लोक पप गीत सार्वजनिक भएको छ । गीतमा जयवीरको शब्द तथा स्वर छ । गीतमा पवन वाङ लामाको कम्पोज तथा एरेञ्ज छ ।

सार्वजनिक गीतको भिडियोलाई नरमान तामाङ (रविन) ले निर्देशन गरेका हुन् । उनले यसअघि २ वटा तामाङ चलचित्रका साथमा थुप्रै म्युजिक भिडियोको निर्देशन गरिसकेका छन् ।

गीतको भिडियोमा भने मोडल पूर्णिमा लामा र मन तामाङ फिचर्ड छन् । धादिङ जिल्लाको रमणीय स्थानहरुमा छायाँकन गरिएको भिडियो आकर्षक देखिन्छ । मोडल पूर्णिमाले दुई दर्जन बढी भिडियोमा अभिनय गरिसकेककी छिन् ।

त्यस्तै, मनले सालैजालगायत अन्य केही गीतमा मोडलिङ गरेका छन् । गीतको भिडियोलाई प्रकाश वाइवाले छायांकन गरेका हुन् भने विष्णु खड्काले सम्पादन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu