एक्सन भूमिकामा निकै रुचाइएका एक समयका सर्वाधिक सफल अभिनेता रमित ढुंगानाको प्रमुख भूमिका रहने चलचित्र ‘राजा साहेब’ को सोमबार एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको छ । सोमबार बिहान कोटेश्वरको महादेव मन्दिरमा चलचित्रको शुभ मूहुर्त पनि गरिएको छ ।

बिचल किरातीको निर्देशनमा बन्न लागेको चलचित्रमा रमितसँगै धिरेन शाक्य, जयकिशान बस्नेत, उमेश खड्का, प्रज्जवल गिरी, टार्जनलगायतको मुख्य भूमिका रहने छ । यो चलचित्रबाट दुई नायिका सोनिका केसी र आइशा राईले डेब्यु गर्दैछन् । ‘किराती फिल्मस्’ र ‘आकाश फिल्मस्’को संयुक्त व्यानरमा बन्ने फिल्ममा शंकर न्यैपाने, आकाश राई र आइशा राई कार्यकारी निर्मातामा रहेका छन् ।

चन्द्र लामा, ज्याक शुब्बा र भिम कार्की निर्माताको रुपमा रहेको चलचित्रमा सिसम डागी सह-निर्माताका रुपमा रहेका छन् । निर्देशक राईकै लेखन रहेको चलचित्रमा ओम सुनुवारको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने छ । पवन गौतमले खिच्ने चलचित्रलाई समिर मियाँले सम्पादन गर्नेछन् । बुधबारबाट छायांकनमा जाने चलचित्र तिहारमा प्रदर्शनमा आउने बताइएको छ ।




