आयो ‘लभ यु हमेशा’को टिजर



काठमाण्डौ। लभस्टोरी फिल्म ‘लभ यु हमेशा’ को टिजर रिलीज भएको छ । टीजरसँगै नयाँ रिलीज मिति पनि तोकिएको छ । भदौ ६ मा रिलिज भनिएको यो चलचित्र अब भने भदौ २७ मा रिलीज हुने बताईएको छ । फिल्मको प्राबिधिक कार्यमा केही समय लाग्ने भएकाले फिल्म तीन साता पर सरेको निर्माण पक्षले बताएको छ ।

युवन गुरुङको प्रस्तुतिमा मिलन गुरुङ सहनिर्माता रहेको फिल्ममा यशराज गरच, ऋचा थापा, फिजा योन्जन,शिसिर राणा, गोपाल ढकाल (छन्दे),सुरज श्रेष्ठ,सौरभ श्रेष्ठ, गीता बर्मा,करुणा श्रेष्ठ,निराजन मेहता, पिटी योल्मो,प्रमिला राई,सल्देन तामाङलगायतका कलाकारले अभिनय गरेका छन् । भासुको संगीत रहेको फिल्ममा एनवी महर्जनको द्धन्द्ध निर्देशन र कमल राईको कोरियोग्राफी छ । शिब ढकालले खिचेको फिल्मको सुटिङ भारतको कालेबुङ, सिलगुडीमा गरिएको हो ।

फिल्मको एउटा गीत र केही दृश्य सिंगापुर र फिलिपिन्समा खिच्नका लागि यसै साता फिल्म युनीट फिलिपिन्स उड्दैछ । निर्देशक भास्करले पूर्ण मनोरञ्जक फिल्म निर्माण गरेको बताए । निर्माता यवनले दर्शकको मनोरञ्जनका लागि दिल खोलेर लगानी गरेकाले सबैको माया पाउने बिश्वास ब्यक्त गरे ।

अभिनेता यशराजले लभ यु हमेशाको स्क्रिप्ट निकै मन परेकाले मिहीनेतका साथ काम गरेको बताए । त्यसैगरी, अभिनेत्री ऋचाले पनि यो फिल्मबाट आफ्नो करिअर उचाइमा पुग्ने आशा ब्यक्त गरिन् ।

टीजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu