कपिल शर्माको हलीउड प्रवेश



कमेडी क‍िंग कपिल शर्माको हातमा एउटा ठुलो प्रोजेक्ट आएको छ । एक मीडिया रिपोर्टलाई आधार मान्ने हो भने कपिल बलीउड पछि अब हलीउच प्रोजेक्टको हिस्सा बन्न गईरहेका छन् । उनलाई हलीउडको सुपरहिट एनीमेटेड चलचित्र ‘एंग्री बर्ड २’ मा लीड रोल रेडमा आफ्नो आवाज दिने मौका मिलेको छ ।

कपिलले यो चलचित्रको हिन्दी भर्जनमा आवाज दिनेछन् । यतिबेला ‘एंग्री बर्ड २’को ट्रेलर रिलीज भईसकेको छ । यद्यपी हिन्दी भर्जनको ट्रेलर भने आएको छैन ।

‘एंग्री बर्ड २’ २०१६ मा आएको एंग्री बर्डको सीक्वल हो । यो चलचित्रलाई थ्योरप वैन ओरमनले निर्देशन गरेका छन् । यो चलचित्र हिन्दीका अलावा तमिल र तेलुगूमा समेत रिलीज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu