निर्देशक बन्ने तयारीमा सुवास गिरी



काठमाण्डौ। चलचित्र निर्माता सुवास गिरीले चलचित्र निर्देशन गर्ने भएका छन् । वर्किङ् टाइटल ‘नन्दुलाल’ रहेको उक्त चलचित्रमा खगेन्द्र लामिछानेको प्रमूख भूमिका रहने बताईको छ ।

यसअघि ‘कृ’, ‘नोभेम्बर रेन’, ‘पर्व’ लगायतका चलचित्रका निर्माता रहेका गिरीले ‘नन्दुलाल’को निर्माण पनि आँफैले गर्नेछन् । चलचित्रको लेखन खगेन्द्र आँफैले गरिरहेका छन् । खगेन्द्रको चलचित्र ‘पानीफोटो’ छायांकन पश्चात यो चलचित्र फ्लोरमा जाने बताईएको छ ।

चलचित्र सामाजिक कथामामा बन्ने गिरीले बताए । ‘खगेन्द्रले नै मलाई निर्देशन गर्नु भनेपछि आफैले निर्देशन गर्ने सोच बनाएको हुँ’, हामीसँग कुरा गर्दै गिरीले भने, ‘आफ्नो तयारी गरिरहेको छु । आफुमा कन्फिडेन्स आयो भने म आँफैनै निर्देशन गर्छु’ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu