शुक्रबारबाट हलमा दुई नेपाली चलचित्र ‘सुपर गोर्खे’ र ‘एकलव्य’ प्रदर्शनमा आएका छन् । दुबै सिंगल थिएटर लक्षित चलचित्र हुन् । चलचित्रलाई राज थापा (गजेन्द्र) ले निर्माण र निर्देशन गरेका हुन् । चलचित्रलाई सौरभ लामाले खिचेका हुन् । यो चलचित्रमा ऋचासिंह ठकुरी, सुरज सिंह ठकुरी, निराजन लुईंटेल, भूपेन्द्र क्षेत्र, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट, मनोज राई लगायत कलाकारको अभिनय रहेको छ ।

यसमा इश्वरी सिंह ठकुरी, रामकृष्ण, सुदिपजंग थापाको लगानी रहेको छ । चलचित्रलाई बनिष शाह र सालिक दुलालले सम्पादन गरेका हुन् । बिहीबार साँझ राजधानीमा भएको प्रियिमरमा चलचित्रलाई राम्रो प्रतिक्रिया मिलेको छ । त्यस्तै, पारिवारिक प्रेमकथामा आधारित बताइएको चलचित्र ‘एकलव्य’ लाई अनमोल शर्माले निर्देशन गरेका हुन् ।
चलचित्रले समाजका विभिन्न अपराधिक घटनालाई उठाएको छ । सोनाम थापामगर, ओसन भट्टराई, पुष्कर राउत, शुशिल पोखरेल, शुष्मा कार्की, महिला सिलवाल, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको मुख्य भूमिका रहेको छ । चलचित्रलाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् । चलचित्रमा कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीतरसंगीत, भोजराज देवकोटाको पटकथा तथा संवाद, कृष्ण श्रेष्ठको छायांकन, अर्जुन जिसीको सम्पादन रहेको छ ।




