‘जाइरा’को आइटम गीत रिलीज (भिडियो)



काठमाण्डौ। भाद्र ६ गते रिलीज हुने नेपाली चलचित्र ‘जाइरा’को आइटम गीत रिलीज भएको छ । शुक्रबार इन्टरनेटमा रिलीज ‘यो मात चढेको साँझ’ बोलको गीतमा मीना निरौलाको स्वर रहेको छ । यो गीत पुरानो चलचित्र ‘मनको बाँध’मा रहेको गीतको रिमेक हो । उक्त चलचित्रमा रहेको गीतमा मिरा राणाको स्वर रहेको थियो ।

यस गीतमा बरिष्ठ गीतकार किरण खरेलले शब्द दिनुभएको छ भने शिव शंकरको संगीत रहेको छ । ‘जाइरा’को लागि रिमेक गरिएको गीतमा फिरोज बज्राचार्य र डिजे राजुले रि‍एरेञ्ज गरेका छन् । शाहि नेपाल चलचित्र संस्थानद्वारा निर्मित तथा प्रकाश थापा निर्देशित ‘मनको बाँध’ सन् १९७४ मा रिलीज भएको थियो ।

‘यो मात चढेको साँझ’मा तनुजा गुरुङ्गले दमदार नृत्य गरेकी छन् । कोरियोग्राफर गोबिन्द राई हुन् । तनुजालाई अडिसन मार्फत यो गीतमा नृत्यको लागि छनौट गरिएको थियो ।

‘जाइरा’मा नायिका नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । पर्दामा प्रायः लभर गर्लको भूमिकामा प्रस्तुत हुँदै आएकी श्रेष्ठले यस चलचित्रमा भने आफुलाई एक्सन प्रधान देखाएकी छन् । यो चलचित्रलाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् ।

चलचित्रमा नम्रताको साथमा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन् । पटकथाको काम निर्देशक श्रेष्ठ र निरोज महर्जनले सम्हालेका छन् । कटामरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्र नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रालिको ब्यानरमा प्रस्तुत भएको हो । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको यो चलचित्रलाई बाबु श्रेष्ठले छायांकन तथा लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu